काठमाडौं, असोज ५ गते।
मन्त्रीपरिषद विस्तारमा पाँच जना नयाँ मन्त्रीहरूको नाम सिफारिस गरिएको छ । अन्तरिम सरकारको प्राधनमन्त्री सुशीला कार्कीले पाँच जना नयाँ मन्त्रीको नाम सिफारिस गरेकी छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच जनाको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार अनिल कुमार सिन्हा, डा. मदन परियार, महावीर पुन, संगीता मिश्रा, जगदीश खरेललाई मन्त्रीका लागि सिफारिस गरिएको हो।
प्रधानमन्त्री कार्कीले सिन्हालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण, परियारलाई कृषि, पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मिश्रालाई स्वास्थ्य र खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएको स्रोतको भनाइ छ।
कार्कीले यसअघि गृहमा ओमप्रकाश अर्याल, अर्थमा रामेश्वर खनाल र ऊर्जामा कुलमान घिसिङलाई मन्त्रालयको जिम्मेवारी दिएका थिए।
Sthaniya News
