Breaking News
रौतहट प्रहरीको ठुलो सफलता,सीमावर्ती क्षेत्रबाट साढे ३ क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा

रौतहट प्रहरीको ठुलो सफलता,सीमावर्ती क्षेत्रबाट साढे ३ क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा

आरएन पटेल
रौतहट, असोज ०५ गते।

रौतहट प्रहरीले सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल लागूऔषध गाँजासहित गाडी नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी रामपुरखापबाट असइ अमोद साफीको कमाण्डमा खटिएको गस्ती टोलीले गएराति ८ बजेको समयमा इशनाथ नगरपालिका – ८ मोतिपुर सडक खण्डबाट २६ वटा पोकामा राखिएको ३ सय ३४ किलो गाँजा सहित एक गाडी नियन्त्रणमा लिइएको हो ।


मोतिपुरबाट जटहरा हुँदै भारततर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च १८६१ नम्बरको तरकारी लोड भएको पिकअप गाडीबाट उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीलाई देखेर चालक गाडी छाडेर फरार भएपछि प्रहरीलाई गाडीमाथि शंका लागेको थियो।
शंकाको आधारमा प्रहरीले गाडी चेकजाँच गर्दा तरकारी भित्र लुकाएर राखिएको २६ वटा पोकामा ३३४ किलो लागू औषध गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीले बताएका छन्।
एक पोकामा १५ किलोको दरले १९ पोकामा २८५ किलो र एक पोकामा ७ किलोको दरले ७ पोकामा ४९ किलो गरी जम्मा २६ वटा पोकामा ३३४ किलो गाँजा बरामद भएको डिएसपी कार्कीले बताए। माथिबाट २० किलो काउलीले छोपेर लुकाएको उक्त गाँजा बरामद भएको हो।
गाड़ी सहित गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार भएका गाडी चालक र गाँजा तस्करको खोजीकार्य भइरहेको डीएसपी कार्कीले बताए । केहि दिन यता जिल्लाको विभिन्न नाका लगायत सीमावर्ती क्षेत्रमा तस्करीको कार्य मौलाएको देखिएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*