Breaking News
मैले देखेको असोज ३ : मधेशले अस्विकार गरेको दिन

मैले देखेको असोज ३ : मधेशले अस्विकार गरेको दिन

धर्मेन्द्र कुमार साह, असोज ०५ गते।
शहर भरिबाट कालो धुवाको मुस्लो उठ्दै छ । केहि चौकहरु बाहेक प्राय सडकहरुहरुमा  डरलाग्दो शान्ति छ । अर्थहिन शान्ति,मानविय क्रन्दन र चित्कारले अशान्त बनाइरहेको शान्ति । ति सडकहरुमा आक्रामक फौजी गस्ती हुदैछ । सडकहरु भरि छरिएका ढुङ्गा, सिसा र बोतलहरुले शहरलाई कुरुप बनाउदै छ । फौजी गस्तीका बिचमा एम्बुलेन्स र पत्रकारको मोटरसाइकलहरु घुम्दैछन । ति सबै डराएका हुन्  मानौ सिंगो शहर नै शुन्यमा बिलिन भएको छ । एम्बुलेन्स र फौजी गाडीका साइरनहरुले डरलाग्दो शान्तिको लामो शृंखलालाई बीच बिचमा चुनौती दिनु बाहेक नागरिकहरु आफ्नै घरमा कैद गरिएको छ ।
अनि सबैको मन भित्र राज्य प्रति चरम अशन्तुश्टी देखिदै छ । बिहानको ८ बज्दा सम्म शहरहरु प्राय सुनसान अनि केहि चौकहरुमा युवाहरुको प्रदर्शन सुरु भइ सकेको थियो । मधेशका गाउ गाउहरुमा पहिलो चोटि राजनीतिक आन्दोलन र बिद्रोहले छोएको जस्तो थियो । प्राय गाउका चौकहरुमा निर्विरोध बिरोधहरु हुदै थियो । न प्रहरीको उपस्थ्ति न त सम्भावित हस्तक्षेपको डरनै । मधेशका प्राय सदरमुकाम र अन्य शहरहरु लगभग छाउनीमा परिणत भएको थियो । राज्यले असोज ३ मा दिपावली गर्न भनि रहदा मधेशका सडकहरु भन्ने धुवा धुवाले भरिएको थियो । बन्दै गरेको संबिधान का कतिपय बिधि र प्रक्रिया तथा प्रवाधानको बिरोध गर्दै सडकमा ओर्लेका मधेश थरुहटको निर्बिरोध बिरोधको बाबजुद पनि राज्य बन्दुकको बलमा नै संबिधान जारि गर्न लागेपछि २०७२ सालको असोज ३ गते तराई मधेशका अधिकांश शहरहरुको अवस्था यस्तै  थियो । सडकको मुख्य भाग र सरकारी भावनहरु फौजी कब्जामा थिए भन्ने अधिकांश गल्लि, शहरको बाहिरि भाग तथा ग्रामिण क्षेत्रहरुमा भन्ने आम नागरिको बिद्रोह थियो l दिन अगाडि बढ्दै जादा सडक र सदन दुवै तात्दै गयो l सडकमा देखिएका फौजिहरु आक्रामक र निर्मम ढंगले प्रस्तुत हुदै गयो l शहरका गल्लीहरु समेत फौजी कब्जामा परे । शब्दले सुरु भएको नागरिक अबरोध राज्यको बन्दुकले दबाउने काम हुदै गए । अपरान्ह सम्म मधेशका अधिकांश सडकहरु भन्ने रणभूमिमा परिणत भयो । जसरि पनि संबिधान जारि गर्ने राज्यको प्रयासलाई मुर्त रुप दिन फौजी गतिबिधि बढ्दै जादा नागरिक तहमा भन्ने “ देश आफ्नो भए पनि राज्य आफ्नो नभएको“ महसुस हुन् थाल्यो । सो दिन  तत्कालिन सदभावना पार्टिका नेता अनिल सिंहले प्रहरीको हिरासतमा रहेका थिए । उनि त्यो दिनलाई कालो दिन भन्न रुचाउछन । अशोज ३ गते लाई स्मरण गर्दै उनि प्रहरी बर्बरता उत्रेको बताउछन ।  उनि सहित हिरासतमा राखिएका तत्कालिन मधेशी मोर्चाका नेताहरुले सो दिन बिहानै देखि कालो कुर्ता र पैजामा लगाई हिरासत भित्रै बाट कालो दिन मनाएको स्मरण गर्दै उनि हिरासत भित्रै बाट सडकको अवस्था चित्रण गरि हिरासतमा भएका सबै जना चिन्तित भएको बताउछन  । उनि हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरको बिपी चौक नजदिकै छन् जहा ३ गते बिहानै देखि प्रदर्शनकारी र प्रहरी बीच भिष्ण संघर्ष हुदै थियो । प्रदर्शनकारीले बोलेको  जय मधेशको  जवाफमा     प्रहरीले बुट र आश्रु ग्यासको गोला बर्साउदै थिए । प्रहरीले चलाउदै गरेको बुलेटको अवाज उनि भन्ने हिरासतबाटै सुन्दै थिए । तर उनले भित्र चिन्तित हुनु बाहेक केहि गर्न नसकेको बताउछन ।
अनि फेरी  अस्पतालमा  पनि प्रहरी हमला

साझ हुदै जादा गौरका अस्पतालका अधिकांश बेड  भरिसकेका थिए ।अस्पतालमा भएको प्रहरी हस्तक्षेपलाई स्मरण गर्दै रेडक्रसबाट  खटेका एम्बुलेन्स स्वयंसेवक विश्वनाथ रामले प्रहरीले अस्पताललाई समेत नछोडेको सुनाउछन । अस्पताललाईनै लक्षित गर्दै प्रहरीले अश्र ग्यास प्रहार गरेको बताउदै त्यस घटना पछि अस्पतालमा राखिएका आन्दोलनकारीको उपचार पनि अबरोध भएको थियो ।
घर घरको छतमा कालो झण्डा अनि रेडियो बाट बज्न लागेका अस्वाभाविक धुन
बिरोधको प्रतिक मानिने कालो झण्डा प्राय हरेक छतमा झुण्डाउन थालियो । सहर देखि गाउ सम्म हरेक घरमा कालो झण्डा झुण्डी सकेको थियो । यी सबै गतिबिधि स्वस्फुर्त रुपमा हुदै थियो । हामि सहितका थकित ,निराश र आहत भएका संचारकर्मीहरु ब्लेक आउट को समाचार संकलन तिर लाग्न थाल्यौ । यहाबाट प्रसारित हुने अधिकांश सामुदायिक रेडियोहरुबाट अस्वाभाविक रुपमा शोक धुन हरु बज्न थालिसकेको थियो । रेडियोहरुबाट बज्दै गरेको शोकधुन र घर घरमा छाएको अँध्यारोले मधेशको पिडा र बेदना व्यक्त गर्दै थिए । हजारौ लाखौ आन्दोलनकारीहरु थकित र आहत हुदै घाइते अवस्थामा आफ्नै घरको अँध्यारो कोठा भित्र आफुलाई कैद गर्दै थिए । तिनका मन स्थितिमा आफ्नै राज्य ब्यबस्था प्रति चरम असन्तुष्टि र विद्रोहका स्वरहरु गुञ्जिन थालेका थिए । अशोज ३ गतेको सुर्य आफ्नै गतिमा नियमित र स्वाभाविक ढंगले अस्ताए पनि नेपाल सरहदमा बसोबास गर्ने करिब अधि जनसंख्या भएका मधेशी थारुहरु अलौकिक  पिडा र निराशाको घोर अन्धकारमा प्रवेश गरेको आभास गर्दै आफ्नै राज्य संग हारेको अनुभूति गर्दै स्वाभाविक रात्रीलाई अस्वाभाविक तरिकाले ग्रहण गर्यो।
कुनै पनि मुलुकमा संविधान जारी भए पछि संक्रमणकालको अन्त्य हुने गर्दछ । तर नेपालमा भने २०७२ साल अशोज ३ गते नयाँ संविधान जारी भए पछि संक्रमणकालको अन्त्य नभएर सुरु भएको प्रतीत हुन्छ । यसको प्रत्यक्ष प्रभाव पहिलो संविधान जारी भएको पहिलो बर्षका दिन नै देखियो ।  अशोज ३ गते संविधान दिवसमा देशका आदिवासी जनजाति र मधेशी समूदायले मात्र होइन हिन्दूवादी राजाबादीहरु समेत कालो दिवस भन्दै यसको विरोध गरे  तथा सरकारी दलले औपचारिक कार्यक्रम गरेर खुशीयाली दिवस मनाए । यसरि प्रचार गरी जसरि संबिधानले सबै नेपालीलाई एउटै मालामा जोडन सकेको छैन । अशोज ३ गतेलाई नै सरकारले रास्ट्रिय दिवस भन्न लागेको छ । देशको एक पक्षले अझै पनि संविधानलाई स्वीकार गरि नसकेको र अशोज ३ लाई कालो दिन बताउने गरेकोले अन्नतकाल सम्म पनि अशोज ३ गते नेपालि राजनीति इतिहासको लागि बिबादित दिननै रहने देखिन्छ । राष्ट्रिय दिवस सिंगो राष्ट्रको लागि मान्य हुने तिथि तोक्दा सबैको अपनत्व हुने देखिन्छ । कुनै पनि देशलाई भौगोलिक र बैचारिक पृथकतावादीहरुलाई एक ठाउमा ल्याउन सहज हुन्छ तर बर्ग , जाति तथा क्षेत्रगत रुपमा हुने असन्तुष्टिलाई सहजै हटाउन सकिदैन । हाम्रो अगाडि इतिहास साक्षी छ, २००४ सालमा अन्तरिम बिधान राणाहरुले जारी गर्दा राजनीतिक दलहरुको तर्फबाट बाहेक कतैबाट बिमति आएको थिएन । २०१९ सालमा राजाले निर्दलीय संविधान जारी गर्दा त नेपाली काँग्रेस बाहेक कसैले पनि बिरोध गरेका थिएनन् ।२०४७ को संबिधान तुलनात्मक रुपमा सब भन्दा कम बिबादित र आलोचित संबिधान थियो । तर संबिधान सभा बाट संबिधान बनाउदा र कथित उत्कृष्ट संबिधान भन्दा पनि २०७२ को संबिधानलाई जन स्तरमा ब्यापक र बिशाल जन समुदायले अस्विकार गरिसकेको छ । आज पनि देशमा ठूलो पङ्ती यो अस्थीरताको उद्गम संविधानसभालाई दिने गर्दछ । पछिल्लो घटना क्रमले तिनै शक्तिहरुलाई थप बल पुर्याएको छ ।  देशको संविधान नागरिक चाहनाको प्रतिविम्ब हुन नसके पछि यस्तो निश्कर्ष निकाल्नु पर्ने हुन्छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*