Breaking News
प्रहरीकै धाक देखाएर वर्षौ देखी यातना दिईरहेको छ: पीड़ित राजकिशोर साह

प्रहरीकै धाक देखाएर वर्षौ देखी यातना दिईरहेको छ: पीड़ित राजकिशोर साह

स्थानीय न्यूज
रौतहट, असोज ६ गते ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका-६, पेटभर्वा निवासी राजकिशोर साहले नेपाल प्रहरीमा कार्यरत सई (सहायक निरीक्षक) सरफलाल यादव र उनका भतीज बिकी यादवसहितको समूहबाट पटक-पटक कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की पाउँदै आएको गुनासो गरेका छन् ।
पीडित साहका अनुसार सई यादवले विगतदेखि नै सामाजिक सञ्जालमार्फत बेइज्जती गर्ने, प्रत्यक्ष रूपमा कुटपिट गर्ने, र प्रहरीको धाक देखाएर त्रास फैलाउने कार्य गर्दै आएका छन् । त्यस्ता गतिविधिहरूमा यादवका आफन्तजन समेत संलग्न रहेको आरोप साहले लगाएका छन् ।
वर्षौंदेखि मानसिक तथा शारीरिक यातना
साहले विगतका रिसिभि विषयलाई लिएर विभिन्न बहानामा आफूलाई वर्षौंदेखि यातना दिइएको बताएका छन् । उनले २०७९ सालको असोज ११ गते जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत जिल्ला प्रहरी कार्यालय गौरमा आधिकारिक उजुरी समेत दिएका थिए । उक्त उजुरीपछि असोज २९ मा छलफल तोकिए पनि त्यसको पूर्वसन्ध्यामा निवेदकमध्ये एकजनामाथि कुटपिट गरी गम्भीर घाइते बनाइएको र आफ्नो सय वर्ष नजिककी आमालाई अस्पताल भर्ना गरेर मुद्दा मिलाउने प्रयास गरिएको साहको भनाइ छ ।
फेसबुकमार्फत धम्की, सार्वजनिक अपमान
उक्त घटनापछि पनि बिकी यादवले सामाजिक सञ्जाल (फेसबुक) मार्फत निरन्तर गालीगलौज र धम्की दिँदै आएको साहले बताएका छन् । आफूले यी सबै गतिविधिको प्रमाण संकलन गरेर स्थानीय जनप्रतिनिधि र भद्रभलादमीहरूमाझ सार्वजनिक गरेका थिए ।
मिति २०८० मंसिर ७ गते पुनः सबै प्रमाणसहित उजुरी गर्दा, जिल्ला प्रहरी कार्यालय गौरमा छलफल गरी आगामी दिनमा यस्ता क्रियाकलाप नगर्ने सर्तमा कुरा मिलाइएको थियो । तर, सई यादव र उनका भतीजाले धम्की र त्रास फैलाउने कार्यलाई निरन्तरता दिएको पीडितको भनाइ छ।
राजनीतिक आन्दोलनको नाममा झूटो आरोप
हालै भएको जेन जी आन्दोलनको पाँच दिन पछि  पनि उनलाई स.ई. को भाई राधेश्याम यादव ले राजनीतिककर्मीको नाममा जोडेर अनावश्यक गालीगलौज गरिएको प्रमाण र गवाह आफूसँग सुरक्षित रहेको उनले जानकारी दिए । प्रहरीकै संरक्षणमा आफूलाई सताउने काम भएको भन्दै उनले गुनासो गरेका छन् ।
प्रहरीसमक्ष पटक-पटक गुहार, सुनवाई शून्य
भर्खरै जिल्ला प्रहरी कार्यालय गौरमा निवेदन दिएपछि छलफलका लागि प्रहरीद्वारा बोलाइएकोमा सई यादव उपस्थित नभएको, उल्टै राती घरमा मान्छे पठाएर गाउँमै छलफल गर्न दबाब दिइएको साहले बताए ।
“प्रहरी प्रशासन सर्वसाधारणको सुरक्षाका लागि हो, न कि धाकधम्की र त्रास फैलाउने माध्यम बनाउने,” पीडित साहको गुनासो छ ।
उनले दोषीहरूलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसहित सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*