दिपेन्द्र जयसवाल
बारा, असोज ७ गते।
बाराको कोल्हवी नगर उधोग वाण्जिय संघको निर्वाचित नव नियुक्त पदधिकारीहरुको प्रमाण पत्र बितरण तथा सपथ ग्रहन कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन मण्डलको सभापति भरत बहादुर भण्डारीको सभापतित्वमा भएको सो सपथ ग्रहण समारोहमा संघका निर्वाचित सम्पुर्ण पदधिकारीहरुलाई निर्वाचन अधिकृत केवल प्रसाद चौधरीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो । साथै निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरुलाई उक्त समारोहका सभापति भरत भण्डारीले प्रमाण पत्र प्रदान गर्नु भएको छ।
समारोहमा ईलाका प्रहरी कार्यालयको प्रहरी रंञ्जन मिश्र, शस्त्र प्रहरीको संतोष घिमेरे संघको पुर्व अध्यक्षद्वय महेश कुमार साह र लक्ष्मी साह कलवार लगायत संञ्चारकर्मीहरु उपस्थिति रहेको थियो ।
Sthaniya News
