Breaking News
कोल्हबी नगर उधोग वाणिज्य संघको निर्वाचन सम्पन्न, रामप्रसाद प्रसाईं अध्यक्षमा विजयी

कोल्हबी नगर उधोग वाणिज्य संघको निर्वाचन सम्पन्न, रामप्रसाद प्रसाईं अध्यक्षमा विजयी

दिपेन्द्र जयसवाल, बारा, असोज ०६ गते।

बाराको कोल्हबी नगर उधोग वाणिज्य संघको बहुप्रतीक्षित निर्वाचन शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचन अधिकृत केवल चौधरीको निगरानीमा सम्पन्न निर्वाचनमा कुल ३५३ मतदाता रहेकोमा ३४१ मत खसेका थिए भने १२ मत बदर भएका छन्।
निर्वाचनमा विभिन्न पदहरूमा प्रतिस्पर्धा भएको थियो, जसमा अध्यक्ष, उपाध्यक्ष (उधोग तथा वाणिज्य), महासचिव, सचिव, कोषाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारहरूले भाग लिएका थिए।
अध्यक्ष पदमा रामप्रसाद प्रसाईंले १२७ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी लक्ष्मी प्रसाद कलवारले ८९ मत प्राप्त गरे। प्रमोद साह तेलिले ५४ र बिरेन्द्र प्रसाद चौधरीले २ मत प्राप्त गरे।
उपाध्यक्ष वाणिज्य तर्फको निर्वाचनमा प्रेम नारायण चौधरी २०५ मत ल्याउँदै विजयी भएका छन्। उनका प्रतिस्पर्धी प्रल्हाद साह तेलिले ११२ र कैलाश साह तेलिले १८ मत प्राप्त गरे।
उपाध्यक्ष उधोग तर्फ बिनोद साह र रमेश बिस्वकर्माले समान १२६–१२६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट बिनोद साह विजयी भएका छन्। अर्का उम्मेदवार धनी शंकर साहले ८१ मत प्राप्त गरे।
महासचिव पदमा हरिओम कुमार साह १९१ मत ल्याउँदै निर्वाचित भए। उनका प्रतिस्पर्धी शम्भु साह कलवारले १४१ मत प्राप्त गरे।
कोषाध्यक्ष पदमा तीन उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको थियो। प्रेमकुमारी चौधरी १२९ मतसहित अगाडि रहिन्। राजु लामा तामाङले १२० तथा राजन कुमार जयसवालले ८२ मत पाए।
सचिव पदमा बिरेन्द्र गुप्ताले १६१ मत प्राप्त गर्दै निर्वाचित भए। अन्य उम्मेदवारहरू राजकुमार साहले ८४ र सुनिल कुमार साहले ८६ मत प्राप्त गरे।
उधोग सदस्य पदमा सुबास मैनाली १६८ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी सुरेश कुमार दासले १५५ मत प्राप्त गरे।
निर्वाचन अधिकृत केवल चौधरीले निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र पारदर्शी तरिकाले सम्पन्न भएको जानकारी दिएका छन्। नव-निर्वाचित टोलिले अब व्यवसायिक हित, स्थानीय उद्योग प्रवर्द्धन तथा संघको सशक्त व्यवस्थापनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*