Breaking News
नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

जनकपुरधाम, असोज ८ गते।
नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको आज बसेको बैठकले जनमत पार्टी नेतृत्वको प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
बैठकले सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका मन्त्रीहरूलाई समेत फिर्ता बोलाउने निर्णय गरेको छ। संसदीय दलका नेता कृष्ण प्रसाद यादवद्वारा प्रदेश प्रमुखलाई पठाइएको पत्रमार्फत उक्त निर्णयको जानकारी गराइएको छ।


पत्रमा उल्लेख भएअनुसार, जनमत पार्टीले आफैंले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीहरू फिर्ता बोलाइसकेका कारण नेपाली कांग्रेसले पनि समर्थन निरन्तरता दिनुको औचित्य नरहेको ठहर गरेको छ। त्यसैले आजकै मितिबाट समर्थन फिर्ता लिइएको स्पष्ट गरिएको छ।
नेपाली कांग्रेसले समर्थन फिर्ता लिएसँगै मधेश प्रदेश सरकार संकटमा परेको छ। अब प्रदेश सरकारको आगामी दिशा-निर्देशनबारे राजनीतिक दलहरूमाझ नयाँ छलफल शुरु हुने अनुमान गरिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*