Breaking News
गरुडामा दशैंको अवसरमा स्मृति म्याराथन दौड प्रतियोगिता हुने

गरुडामा दशैंको अवसरमा स्मृति म्याराथन दौड प्रतियोगिता हुने

आरएन पटेल
रौतहट, असोज ०९ गते ।
वडा दशैं २०८२ को शुभ उपलक्ष्यमा रेडियो मधेश मसला गरुडाद्वारा आयोजना हुने स्वर्गीय मनोज कुमार चौधरी स्मृति म्याराथन दौड प्रतियोगिता आगामी असोज १३ गते सोमबार सप्तमीका दिन हुने भएको छ।

प्रतियोगिता गरुडा नगरको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दुर्गा मन्दिरको प्राङ्गण अगाडि सुरु भई नेपाल पुलिस स्कुल जिगडिया हुँदै पुनः दुर्गा मन्दिरमै समापन हुनेछ। दौड प्रतियोगितामा सहभागी हुन १६ वर्ष उमेर पूरा गरी ३५ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्ने आयोजक संस्थाले जनाएको छ। यस नियमले युवाहरू माझ स्वस्थ प्रतिस्पर्धा र अनुशासनलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।
कार्यक्रमको प्रमुख प्रायोजक गरुडा नगरपालिकाकी उपप्रमुख तथा स्वर्गीय मनोज कुमार चौधरीको श्रीमती पुनम कुमारी चौधरी रहेकी छिन । उहाँले खेलकुदलाई समाजको सकारात्मक रूपान्तरणको आधार मान्दै दशैं जस्तो ठूलो चाडमा युवालाई खेलमार्फत जोडिनु महत्वपूर्ण रहेको बताउनुभएको छ।
प्रतियोगितामा विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। जसअनुसार प्रथम हुनेले फ्रिज, द्वितीय साईकल, तृतीय राईस कुकर तथा चौथो हुनेले ईलेक्ट्रीक जग पुरस्कार स्वरूप प्राप्त गर्नेछन्। आयोजक समितिले पुरस्कारको आकर्षणले मात्र नभई खेलकुदमै रुचि जगाउने उद्देश्य रहेको स्पष्ट पारेको छ।

रेडियो मधेश मसला गरुडाले विगतदेखि नै सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ। यस पटकको म्याराथन दौड प्रतियोगितालाई स्थानीय बासिन्दा, युवा र खेलप्रेमीहरूले उत्साहपूर्वक स्वागत गर्ने अपेक्षा गरिएको छ। साथै, यस किसिमका प्रतियोगिताले दशैं पर्वलाई अझ रमाइलो, अनुशासित र उद्देश्यपूर्ण बनाउन योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*