Breaking News
रौतहटको जयनगर-मौलापुर सडकखण्डमा बालाजी आयल स्टोरको विधिवत् उद्घाटन

रौतहटको जयनगर-मौलापुर सडकखण्डमा बालाजी आयल स्टोरको विधिवत् उद्घाटन

आरएन पटेल, रौतहट, असोज २२ गते ।
रौतहटको जयनगर-मौलापुर सडकखण्डमा बालाजी आयल स्टोरको विधिवत् उद्घाटन गरिएको छ । जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं. ५ स्थित देवाही पटेल चौकदेखि मौलापुरतर्फ जाने मुख्य सडकखण्डमा बालाजी आयल स्टोर (पेट्रोल पम्प) आजदेखि विधिवत् रूपमा सञ्चालनमा आएको छ।

देवाही गोनाही नगरपालिकाका जसपा नेपालका तर्फबाट मेयर पदका उम्मेदवार तथा साविक देवाही गाबिसका पूर्व अध्यक्ष, लोकप्रिय समाजसेवी धर्मेन्द्र प्रसाद पटेलको पहल र सहयोगमा सो पम्प सञ्चालनमा ल्याइएको हो। जिल्लाको मध्यभाग हुँदै जयनगरबाट बिरगंज जोड्ने मुख्य सडकमा अवस्थित पटेल चौकदेखि करिब ५ सय मिटर पश्चिम पिठवामाई मन्दिर नजिकै यो पेट्रोल पम्प स्थापना गरिएको छ।

उद्घाटन कार्यक्रमलाई सभ्य र भव्य बनाउन पम्पका सञ्चालक चन्द्रभानु प्रसाद पटेलले हनुमान आराधना, जागरण र झाँकी कीर्तन सहित धार्मिक एवं सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, व्यापारी, बुद्धिजीवी र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका स्वागतकर्ता केशव कुमार पटेलले आमन्त्रित अतिथिहरूलाई सम्मानपूर्वक स्वागत गर्दै प्रसाद वितरण गर्नुभएको थियो।
ग्रामीण भेगमा पेट्रोल पम्प सञ्चालनमा आएपछि यस क्षेत्र हुँदै आवागमन गर्ने यातायातका साधन तथा स्थानीय सेवाग्राहीलाई इन्धन आपूर्तिमा सहजता आउने विश्वास स्थानीय बासिन्दाहरूले व्यक्त गरेका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*