Breaking News
बौधिमाई–४ मा छठ पर्वको अवसरमा मठमन्दिरहरूमा सरसफाई

बौधिमाई–४ मा छठ पर्वको अवसरमा मठमन्दिरहरूमा सरसफाई

रौतहट,कार्तिक ०८ गते ।
पवित्र छठ पर्वको अवसरमा बौधिमाई नगरपालिका–४ अन्तर्गत रहेका मठ–मन्दिरहरूमा आज (शनिबार) सरसफाइ अभियान सम्पन्न गरिएको छ । उक्त अभियान युवा शक्ति नेपालको आयोजनामा र बौधिमाई नगरपालिकाको सहयोगमा सम्पन्न भएको हो ।
युवाहरूको सक्रिय सहभागितामा सम्पन्न यस सरसफाइ कार्यक्रमले स्थानीयस्तरमा धार्मिक स्थलहरूको सफाइ र संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्य राखिएको आयोजकहरूले जनाएका छन् ।


कार्यक्रमका क्रममा मठ–मन्दिर परिसरहरूमा झारपात सफा गर्ने, फोहोरमैला हटाउने र वातावरण स्वच्छ राख्ने कार्य गरिएको थियो । आयोजकका अनुसार छठ पर्व जस्तो पवित्र पर्वमा धार्मिक स्थलहरूको सरसफाइ गर्नु हाम्रो संस्कृति, आस्था र परम्पराप्रति गरिएको सम्मान हो ।
यस सरसफाइ अभियानमा स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीहरूलाई युवा शक्ति नेपालले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
स्थानीय युवा भावेश कुमार यादवले उक्त जानकारी दिएका हुन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*