Breaking News
लोसपा सर्लाहीद्वारा महाधिवेशनका लागि अधिवेशन कार्यतालिका सार्वजनिक

लोसपा सर्लाहीद्वारा महाधिवेशनका लागि अधिवेशन कार्यतालिका सार्वजनिक

आरके श्रीवास्तव,राैतहट,कार्तिक ०९ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सर्लाहीले आगामी केन्द्रीय महाधिवेशनको तयारीस्वरूप वडा स्तरदेखि क्षेत्रीय अधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गरेको छ । जिल्ला अध्यक्ष रामप्रसाद राय यादवको अध्यक्षतामा आज मलंगवामा बसेको बैठकले मंसिर १ गतेदेखि २४ गतेसम्म क्रमिक रूपमा जिल्लाका सबै २० वटै पालिकामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टीको केन्द्रीय महाधिवेशन यही २०८२ चैत्र ६ र ७ गते हुने भएकाले अधिवेशन तयारीलाई तीव्रता दिन निर्देशन दिएको छ । साथै, पार्टीको निर्णय विपरीत अन्य दलको प्रभावमा गएर संगठन कमजोर पारेको आरोपमा बरहथवा नगरपालिका–१ का वडा अध्यक्ष राकेश सहनीसहित पाँच जनप्रतिनिधिसँग लिखित स्पष्टीकरण माग्ने निर्णय समेत भएको छ ।
जिल्ला पार्टीको नियमित सञ्चालनका लागि पदाधिकारीहरूबाट मासिक लेवी संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ । जसअनुसार केन्द्रीय पदाधिकारीले रु. ५००, प्रदेश पदाधिकारीले रु. ३००, जिल्ला पदाधिकारीले रु. २०० र निर्वाचित प्रमुख/उप–प्रमुख तथा वडा अध्यक्षहरूले रु. ५०० तिर्नुपर्नेछ ।
त्यसैगरी, प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्टमाथि आएका अनियमितताको समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । मलंगवा लगायत जिल्लामा बढ्दै गएका चोरी, लुटपाट, हत्या र लागू पदार्थ सम्बन्धी घटनाप्रति पनि बैठकले गम्भीर चासो व्यक्त गर्दै सुरक्षा निकायलाई ठोस कदम चाल्न आग्रह गरेको छ ।
बैठकमा केन्द्रीय महासचिव रामप्रवेश बैठा, महासचिव मनिष मिश्र, लोकतान्त्रिक पत्रकार संघका अध्यक्ष कामेन्द्र वर्मा, लोकतान्त्रिक युवा संघका अध्यक्ष सुजन यादव लगायत केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*