रौतहट,कार्तिक ०८ गते ।
भसेढ्वा शैक्षिक सञ्जालको आयोजनामा दोस्रो भसेढ्वा शैक्षिक सम्मेलन- २०८२ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आज एक विशेष समारोहका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा शिक्षण सेवाबाट अवकाश प्राप्त शिक्षक मोहनारायण प्रसाद यादव र जियालाल दासलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । यो कार्यक्रम सञ्जालले २०८१ साल कार्तिक महिनाबाट प्रारम्भ गरेको हो भने २०८२ सालमा दोस्रो संस्करणको रूपमा आयोजना गरिएको हो ।
कार्यक्रमको संचालन रामधार प्रसाद यादव तथा व्यवस्थापनमा प्रमुख भूमिका योगेन्द्र प्रसाद कुशवाहा, प्रमोद प्रसाद यादव, देवीलाल प्रसाद साह, रामाधार प्रसाद यादव, कपिलदेव प्रसाद यादव, चन्द्रकिशोर प्रसाद यादव, चन्द्रिका दास र गृसनन्दन प्रसाद पोरसले निर्वाह गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि लक्ष्मीनारायण यादव र अध्यक्ष प्रमोद प्रसाद यादव रहेका थिए । कार्यक्रममा बौद्धिक समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।

मावि भसेढवामा भएको कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा प्रधानाध्यापक राममंगल यादवले यस्ता कार्यक्रमले गाउँका युवाहरूलाई जाेड्ने काम गरेकाे धारणा राखेका थिए ।
हीरालाल प्रसाद यादवले गाउँका सम्पूर्ण बौद्धिक वर्गले यस अभियानलाई निरन्तरता दिनु आवश्यक रहेको बताएका थिए । प्रधानाध्यापक योगेन्द्र प्रसाद कुशवाहाले वडालाई साक्षर वडा घोषणा गर्न जोड दिँदै शैक्षिक क्षेत्रमा निरन्तर सुधारका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
सो कार्यक्रममा परिचयात्मक सत्र र खुला अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । थ्री–डी नक्शा कटहरिया–१ निर्माण गर्ने प्रतिबद्धता ग्रिसनन्दन प्रसाद पोरसले व्यक्त गरेका थिए ।
कार्यक्रम उत्साहपूर्वक र सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।
Sthaniya News
