आरएन पटेल
रौतहट, कार्तिक २८ गते।
रौतहटको बौधिमाई नगरपालिका भोवाली चौक नजिक दुई मोटरसाइकिल एक आपसमा लडेर दुर्घटना भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन।
बौधिमाई नपाको वडा नं ३ मटिअर्वा र मौलापुर नपाको पथरा जोड़ने कालो पत्रे सड़क खण्डमा भोवाली चौक नजिक मटिअर्वा भोवाली चौकको बीचमा आज दिउसो दुई वटा मोटरसाइकिल एक आपसमा ठक्कर लागेर दुर्घटना हुँदा तीन जना घाइते भएका छन। घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ।
पूर्व बाट पश्चिम जादै गरेको बीआर ०५ए जे ५४१९ नम्बरको मोटरसाइकिल र विपरीत दिशाबाट आउदै गरेको बीआर ०५ पी ५५४५ नम्बरको मोटरसाइकिल बाटोको दुईटै किनारामा रहरको बिरुवा लगाएको कारण देखन नसकेर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन।
घाइतेहरुमा ५५४५ नम्बरको मोटरसाइकिल चालक रौतहट जिल्ला बौधिमाई नगरपालिका वडा नं. २ बस्ने अर्जुन पंडित कुम्हारको अन्दाजी १८ वर्षको छोरा धिरज पंडित र पछाडी बसेका अन्दाजी ७/८ वर्षकी चन्चल कुमारी तथा ५४१९ नम्बरको मोटरसाइकिल चालक बारा जिल्ला पचरौता नगरपालिका वडा-७ बेनौली टोल बस्ने राजू पटेलको अन्दाजी १९ वर्षको छोरा नीरज पटेल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। चालक पंडितको टाउको र खुट्टामा चोट लागेको छ भने अर्का चालक पटेलको टाउकोमा चोट लागि गम्भीर घाइते भएका छन। घटना स्थलमा इलाका प्रहरी कार्यालय कोपवा पिपरियाका प्रहरी नायब निरीक्षक महानन्द यादव पुगी घाइते दुबै जनालाई उपचारको लागि बिरगंज पठाएका छन। मोटरसाइकिलमा सवार चन्चल कुमारीको निधारमा सामान्य चोटपटक लागि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता बिष्णु प्रदीप बस्यालले जानकारी गराएका हुन ।
दुईटै मोटरसाइकिल प्रहरी नियन्त्रणमा राखिएको तथा घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Sthaniya News
