Breaking News
गरुडाको शिवनगरमा वडा प्रत्यासी यादवको निजी लगानीमा पानी निकास समस्या गरियो समाधान

गरुडाको शिवनगरमा वडा प्रत्यासी यादवको निजी लगानीमा पानी निकास समस्या गरियो समाधान

आरएन पटेल, राैतहट, मंसिर १७ गते । 
मध्य राैतहट पर्ने गरुडा नगरपालिका वडा नं. ५ स्थित शिवनगर टोलमा वर्षौंदेखि भइरहेको पानी थुनिने समस्या स्थानीय समाजसेवी तथा वडा प्रत्यासी यादवको पहल तथा निजी लगानीमा समाधान गरिएको छ । स्थानीय बासिन्दाले समस्या समाधानका लागि नगरप्रमुख तथा वडा अध्यक्षसमक्ष पटक-पटक माग राख्दा “वडामा बजेट उपलब्ध नभएको” भन्दै बेवास्ता गरिएको स्थानीयवासीले बताए ।

लगातारको वर्षाका कारण जलमग्न भएका १५ घरधुरी प्रभावित हुँदै पानी निकासको समस्या आएका थिए । घरभित्रै पानी छिर्ने, बाटो हिलाम्मे हुने तथा सरसफाइजन्य जोखिम बढेपछि स्थानीयले वैकल्पिक उपाय खोज्दै वडा अध्यक्ष पदका प्रत्यासी रमेश यादवलाई जानकारी गराएका थिए ।

स्थानीयको आग्रहपछि यादवले आफनाे निजी लगानीमा टोलमा पाईप जडान गरी उचित पानी निकास व्यवस्था मिलाएका छन् । पानी निकास मार्ग बनेपछि लामो समयदेखि समस्यामा परेका घरधुरीले राहत पाएका छन् ।

स्थानीयवासीका अनुसार, ” ढलको समस्या समाधान गर्न नगरपालिका र वडा कार्यालयले चासो नदेखाएको अवस्थामा निजी पहलले टोल बस्तीमै ठूलो राहत दिएको छ ।”

यो घटनाले स्थानीय तहमा आधारभूत सेवाप्रति सरकारी ध्यान नपुगेका समस्या निजी लगानी वा सामुदायिक पहलमा भर पर्नुपर्ने अवस्था देखाएको छ । वडा प्रत्यासी यादवले गरेको सराहनीय कार्यको स्थानीयबासीहरुले खुलेर प्रशंसा गरेका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*