Breaking News
पचरौता-३ श्रीनगर बैरिया भट्टीटोलमा ८ कोठे विद्यालय भवनको नगर प्रमुख जलन्धर सिंहद्वारा शिलान्यास

पचरौता-३ श्रीनगर बैरिया भट्टीटोलमा ८ कोठे विद्यालय भवनको नगर प्रमुख जलन्धर सिंहद्वारा शिलान्यास

आरएन पटेल
बारा, मंसिर १८ गते।
बाराको पचरौता नगरपालिका वडा नं. ३ श्रीनगर बैरिया भट्टीटोलमा ८ कोठे विद्यालय भवनको शिलान्यास कार्य सभ्य एवं भव्य रुपमा सम्पन्न भएको छ। श्री ने.रा.मा.वि. श्रीनगर बैरिया भट्टीटोलमा निर्माण हुन लागेको ८ कोठे आधुनिक विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ। पचरौता नगरपालिकाका नगर प्रमुख श्री जलन्धर सिंह जैसवारले आज मंसिर १८ गते बिहीबार एक कार्यक्रमकाबीच भवन निर्माणको शिलान्यास गर्नुभएको हो।
नगरपालिकाको आयोजनामा निर्माण हुन लागेको सो भवन निर्माणको जिम्मेवारी महागढीमाई नगरपालिका-२, बारा स्थित ऋषभ कन्स्ट्रक्सनले लिएको छ। करिब ५७ लाख ८८ हजार रुपैयाको लागतमा निर्माण हुने भवनले स्थानीय शिक्षाको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
विद्यालय भवन निर्माणका बारेमा जानकारी दिदै नगरपालिकाको शिक्षा शाखाका सह-संयोजक मुकेश कुमार सिंहले गुणस्तरीय पूर्वाधार निर्माणमार्फत सिकाइ वातावरण सुधार गर्ने लक्ष्य अनुरूप काम अघि बढाइने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जैसवारले शिक्षालाई प्राथमिकतामा राख्दै नगरपालिकाले गरिरहेको लगानीले निकट भविष्यमा पचरौतामा शैक्षिक क्षेत्रको आमूल परिवर्तन हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा स्थानीय बुद्धिजीवी, अभिभावक तथा शिक्षाप्रेमीहरुले पनि आधुनिक र सुरक्षित भवन निर्माणले विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पर्ने धारणा राखे।
शिलान्यास सम्पन्नसँगै विद्यालय प्रशासन, स्थानीयवासी तथा सरोकारवालाहरूले निर्धारित समयभित्र गुणस्तरीय भवन निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरेका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*