स्थानीय न्यूज
रौतहट, मंसिर १९ गते।
मधेश प्रदेशको मुख्यमंत्री पदमा नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद यादव नियुक्त भएका छन। प्रदेशमा उत्पन्न विभिन्न बाधा व्यवधान तथा गतिरोधलाई चिर्दै नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री यादव आज मधेश प्रदेश सरकारका मुख्यमन्त्रीमा नियुक्त भएका छन।
नेपाली काँग्रेस मधेश प्रदेशका सभापति समेत रहनु भएका नेता यादवले ७७ प्रदेश सदस्यहरुको हस्ताक्षर सहितको दाबी पत्र प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्ण समक्ष पेश गरेपछि उनलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।

नवनियुक्त मुख्यमन्त्री यादवले नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी सहितका छौ (दल) पार्टीका सदस्यहरुको समर्थनमा उनलाई प्रदेश प्रमुख कर्णले मुख्यमन्त्रीमा नियुक्त गरेको प्रेषित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेता यादव रौतहट निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सदस्य ख बाट निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । मुख्यमन्त्री यादव बनेपछि उनका निर्वाचन क्षेत्रका जनताहरु हर्षित भएका छन ।
क्षेत्रबासीहरु उहाँ निर्वाचित भए देखिनै मुख्यमन्त्री बन्ने प्रमुख दाबेदार भएपनि उनलाई एवं मुलुकका ठूला दललाई मधेशको नेतृत्व गर्न नसक्नेहरुका कारण उहाँले मौका पाउन सकेका थिएनन तर समयले उनलाई नै मधेशको नेतृत्व गर्ने अवसर प्रदान गर्दा क्षेत्रबासी लगायत समग्र रौतहट जिल्लाबासीहरू निकै हर्षित भएका छन।
Sthaniya News
