Breaking News
आम सञ्चार प्राधिकरण मधेश प्रदेशद्वारा एक दिने एआई प्रयोग सम्बन्धी तालीम चन्द्रपुरमा सम्पन्न

आम सञ्चार प्राधिकरण मधेश प्रदेशद्वारा एक दिने एआई प्रयोग सम्बन्धी तालीम चन्द्रपुरमा सम्पन्न

आरएन पटेल
रौतहट, मंसिर २० गते।
आम सञ्चार प्राधिकरण मधेश प्रदेश, जनकपुरधामको आयोजनामा तथा नेपाल पत्रकार महासंघ रौतहट शाखाको समन्वयमा “एआई प्रयोग एवं साइबर सुरक्षा” सम्बन्धी एक दिने तालीम चन्द्रपुर-४ स्थित होटल आरोहीको सभाहलमा सम्पन्न भएको छ।


कार्यक्रमको अध्यक्षता आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्काले गर्नुभएको थियो। तालीमको औपचारिक सत्रमा आम सञ्चार प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत रंजीता साहको विशेष उपस्थिति रहेको थियो।


प्रशिक्षक जीवन भण्डारीले तालीमका सहभागी नेपाल पत्रकार महासंघका सदस्य तथा जिल्लाका सञ्चारकर्मीसामु एआई प्रविधिको उपयोग एवं यसको व्यावहारिक प्रभावकारिताबारे विस्तृतरूपमा प्रस्तुत गर्नुभएको थियो। उहाँले समाचार लेखनमा एआईको सहयोग, फोटो तथा इमेज निर्माण, अडियो-भिडियो सामग्री उत्पादनका आधुनिक विधि तथा उपयुक्त उपकरणबारे जानकारी गराउँदै पत्रकारितामा प्रविधिको सही र सुरक्षित प्रयोगको आवश्यकता औँल्याउनुभयो।


तालीममा सहभागीहरूलाई एआई प्रयोगका क्रममा अपनाउनुपर्ने साइबर सुरक्षा मापदण्ड, डिजिटल सुरक्षाका जोखिम तथा सुरक्षित कार्यप्रणालीका विषयमा पनि विशेष सत्रमार्फत सचेत गराइएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्की, सचिव गौतम श्रेष्ठसहित जिल्लाका ५० भन्दा बढी सञ्चारकर्मीहरूको सक्रिय उपस्थिति रहेको आयोजकले जनाएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*