Breaking News
पचरौता-४ इर्नवा टोलमा विकास-निर्माणले लिँदै छ गति,सडक ढलान तथा नाला निर्माणको नगर प्रमुखद्वारा शिलान्यास

पचरौता-४ इर्नवा टोलमा विकास-निर्माणले लिँदै छ गति,सडक ढलान तथा नाला निर्माणको नगर प्रमुखद्वारा शिलान्यास

आरएन पटेल
बारा, मंसिर २१ गते।
बाराको पचरौता नगरपालिका-४ स्थित इर्नवा टोलमा सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ। यही मंसिर २० गते शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि पचरौता नगरपालिकाको नगर प्रमुख प्रखरवक्ता जलन्धर सिंह जैसवारले विधिवत् रूपमा आधारशिला राख्दै उक्त आयोजना स्थानीय विकासको महत्वपूर्ण कदम भएको बताए।

आयोजनाको कुल लागत अनुमान रु १ करोड ६ लाख रहेको छ भने टेन्डर प्रक्रियाबाट रु ५९ लाख ८२ हजार ३ सय ४४ रुपैयाँ ३४ पैसा मा ठेक्का सम्झौता भएको पालिकाले सार्वजनिक गरेको छ। निर्माण कार्य २०८२/०८/१७ गते बाट सुरु भई २०८२/१२/३० गते भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।


इर्नवा टोलमा बढ्दो जनसङ्ख्या र यातायात चापलाई लक्षित गरी अघि बढाइएको यस परियोजनाबाट सडक सुगम हुने, वर्षायाममा हुने पानी निकास समस्याबाट मुक्ति मिल्ने तथा समग्र टोलको भौतिक पूर्वाधारमा ठूलो सुधार आउने स्थानीयवासीको विश्वास छ। शिलान्यास समारोहमा उपस्थित वडावासीले आफ्नो क्षेत्र विकासको प्रत्यक्ष पहलकदमी देखियो भन्दै खुशी व्यक्त गरेका थिए।


नगर प्रमुख जैसवारले “इर्नवा टोलमा टेढा-मेढा, हिलो-धुलो समस्या अब अन्त्य हुन्छ। गुणस्तरीय निर्माण हाम्रो प्राथमिकता हो,” भन्दै पालिकाले तोकेको समयसीमाभित्र काम सम्पन्न गर्ने आश्वासन दिए।
सडक र नाला निर्माण सम्पन्न भएपछि वडा नं.४ का सर्वसाधारणलाई दैनिक आवत-जावत सहज हुने, व्यापारीक क्रियाकलाप बढ्ने तथा समग्र जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*