Breaking News
रौतहटको रामपुर खापमा छोटी भन्सार कार्यालय खुलाउन अनिश्चितकालीन आमरण अनसन

रौतहटको रामपुर खापमा छोटी भन्सार कार्यालय खुलाउन अनिश्चितकालीन आमरण अनसन

प्रेमचन्द्र झा,रौतहट,मंसिर २८ गते।

रौतहटको परोहा नगरपालिका वडा नं. ०९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै सिमाना संघर्ष समिति ले अनिश्चितकालीन आमरण अनसनमा बसेका छन्।

समितिका अध्यक्ष तथा पुर्व शिक्षक हाजी शेख तजमुल हकका अनुसार आमरण अनसन आईतबार बेलुका करिब ३ बजेदेखि खाप छोटी भन्सार कार्यालयको प्राङ्गणमा सुरु गरिएको हो। सो समितिका अनुसार सोमबार बिहानदेखि पूर्व गाविस उपाध्यक्ष जगत लाल यादव तथा समाजसेवी साहेब शाह कानु पनि अनसनमा सहभागी हुने कार्यक्रम रहेको छ।

कोरोना महामारीको समयमा रामपुर खाप नाकाबाट चारपाङ्ग्रे सवारी साधनको आवत–जावत स्थानीय सशस्त्र प्रहरी बलको बीओपी रामपुर खापले पूर्ण रूपमा बन्द गरेको थियो। तर कोरोना महामारी समाप्त भइसक्दा पनि हालसम्म सीमा नाका सञ्चालन गर्न आनाकानी भइरहेको स्थानीयको गुनासो छ।

सो क्षेत्रबाट चारपाङ्गरे सवारीकोभारत आवत जावत सहज नहुदा सीमावर्ती गाउँ-टोलका बासिन्दाहरूलाई विवाह, काजक्रिया, उपचार, घरायसी कामकाज तथा दैनिक किनबेचका लागि ठूलो समस्या उत्पन्न भइरहेको बताइएको छ। यसअघि पनि सोही माग राख्दै आमरण अनसन बसेको भए तापनि तत्कालीन जिल्ला प्रशासन कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका सहायक प्रमुख तथा सशस्त्र प्रहरी बलका प्रमुखले मौखिक आश्वासन दिएपछि अनसन तोडिएको थियो। तर करिब एक वर्ष बितिसक्दा पनि कुनै ठोस पहल नभएपछि पुनः आमरण अनसन सुरु गर्न बाध्य भएको सिमाना संघर्ष समितिको भनाइ छ।

आजको अनसनप्रति सरोकारवाला निकायबाट कुनै चासो नदेखाइएको भन्दै स्थानीय सर्वसाधारणले व्यापक गुनासो व्यक्त गरेका छन्। समितिले समयमै ध्यान नदिइए मानवीय क्षति हुन सक्ने चेतावनी दिँदै त्यसको सम्पूर्ण जिम्मेवारी जिल्ला प्रशासन कार्यालयका प्रमुखले लिनुपर्ने जनाएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*