आरएन पटेल
रौतहट,पौष ०७ गते ।
गौर नगपालिकाका सम्पूर्ण विद्यालयहरुमा ११ गतेसम्मका लागि जाड़ो बिदा दिईएको छ। रौतहटसहित मधेस प्रदेशका जिल्लामा अत्याधिक चिसो बढेपछि गौर नगपालिकाले आफ्नो नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुमा चार दिनका लागि जाड़ो बिदा दिएको छ ।
गौर नगरपालिकाको आज बसेको प्रमुख स्तरीय बैठकबाट पुस ८ गते मङ्गलवारदेखि ११ गते शुक्रवारसम्म नगरभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले जानकारी दिनुभयो ।
उहाँका अनुसार लगातार बढ्दो चिसो र शीतलहरले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टा हुने गरि जाड़ो बिदा मिलाई अस्थायी रूपमा विद्यालय बन्द गर्ने निर्णय लिइएको हो ।
विशेष गरी बिहान र बेलुकीको समयमा बाक्लो हुस्सु तथा चिसो हावाका कारण विद्यार्थीहरूलाई विद्यालय आवतजावतमा कठिनाइ भइरहेको थियो ।
नगरपालिकाले अभिभावक तथा विद्यालय प्रशासनलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम सामान्य भएपछि पुस १३ गते आइतबारदेखि पठनपाठन पुनः सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
Sthaniya News
