Breaking News
सार्क पत्रकार मञ्चद्वारा प्रदेश संयोजक मनोनीत, अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली पत्रकार सम्मानित

सार्क पत्रकार मञ्चद्वारा प्रदेश संयोजक मनोनीत, अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली पत्रकार सम्मानित

आरएन पटेल
रौतहट, पौष २३ गते ।

सार्क पत्रकार मञ्च (सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल) ले नेपाल च्याप्टर अन्तर्गत विभिन्न प्रदेशका पत्रकारहरूलाई प्रदेश शाखाको संयोजकमा मनोनीत गरेको छ। मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाका अनुसार मधेश प्रदेशको संयोजकमा मो. सद्दाब, बागमती प्रदेशमा राजु नापित, सुदूरपश्चिम प्रदेशमा करण ताम्राकार, कर्णाली प्रदेशमा युवराज शर्मा, लुम्बिनी प्रदेशमा दशरथ घिमिरे, गण्डकी प्रदेशमा रूद्र श्रेष्ठ मगर तथा कोशी प्रदेशमा भोला श्रेष्ठलाई मनोनीत गरिएको हो।


नवनियुक्त संयोजकहरूले प्रदेशस्तरमा पत्रकारहरूको हकहित, क्षमता अभिवृद्धि तथा सार्क क्षेत्रभित्र पत्रकारिताको सुदृढीकरणका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। मधेश प्रदेशका संयोजक मो. सद्दाब मलिकले चाँडै नै मधेश प्रदेशको प्रदेश कार्यसमिति विस्तार गरी संगठनात्मक गतिविधिलाई तीव्रता दिने बताएका छन ।


मनोनीति सम्बन्धी कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव अब्दुल रहमान लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यसैबीच, भारतको बिहार राज्यस्थित नालन्दामा पुस २० र २१ गते अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन सम्पन्न भएको छ। सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल च्याप्टर बिहार, नालन्दा खुला विश्वविद्यालय, आम्रपालीकला साहित्य सम्मेलन तथा मानवअधिकार टुडेले संयुक्त रूपमा आयोजना गरेको उक्त सम्मेलनमा नेपालबाट सहभागी पत्रकारहरूलाई सम्मान प्रदान गरिएको छ।
पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नृपेन्द्रलाल श्रेष्ठ, सद्दाब मलिक, दिपेन्द्र प्रजापति, सैलेश गुप्ता, अभिलाष गुप्ता, राजन कुमार सिंह र सुभास रामलाई सम्मान गरिएको आयोजकले जनाएको छ।


सम्मेलनले सार्क क्षेत्रका पत्रकारहरूबीच आपसी सहकार्य, अनुभव आदान-प्रदान तथा प्रेस स्वतन्त्रता र मानवअधिकारका विषयमा साझा धारणा निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*