Breaking News
श्री गढीमाई महेन्द्र प्राबिधिक नमुना मावि बरियारपुरमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न

श्री गढीमाई महेन्द्र प्राबिधिक नमुना मावि बरियारपुरमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न

दिपेन्द्र जयसवाल, बारा, पौष २९ गते।

बाराको महागढीमाई नगरपालिका वडा नमबर १ रहेको श्री गढीमाई महेन्द्र प्राबिधिक नमुना माध्यमिक विद्यालय बरियारपुरको प्राङ्गणमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा (SEE) Awareness And (Educational) सेमिनार व्यक्तित्व विकास कार्यक्रम सम्पन्न भएको छ।
बाराको चर्चित गैरसरकारी संस्था हेल्पिङ्ग हैण्ड युथ सोसाइटीको बारा जिल्लाको महागढीमाई नगरपालिका श्री गढीमाई महेन्द्र प्राबिधिक नमुना माध्यमिक विद्यालयमा हेल्पिड हैण्ड युथ सोसाईटी बारा कलैयाको आयोजना र महागढीमाई नगरपालिकाको मुंख्य सहयोगमा व्यक्तित्व विकास तथा एस.इ.इ अभिमुखिकरण कार्यक्रम-२०८२भव्य रूपमा सम्पन्न भएको छ।
हेल्पिङ हैण्ड युथ सोसाइटीको संस्था बाराको अध्यक्ष राज कुमार गुप्ता अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथीको रुपमा महागढीमाइ नगरपालिकाको शिक्षा शाखा प्रमुख रामबिश्वास चौरसियाले पानस दिप प्रज्जोलित गरी कार्यक्रमाको उघाटन गर्नु भएको थियो।
साथै,यस कार्यक्रममा नगरपालिकाका १ देखी ११ वडा सम्म को सबै वडा अध्यक्ष , सबै माध्यमिक बिधालयका प्र.अ तथा सबै शिक्षाक संचारकर्मी लगायतको बिशेष उपस्थिति रहेको थियो। भने कार्यक्रममा प्रशिक्षण प्रदान गर्ने वक्ताहरूमा मोटिभेशनल स्पीकर प्रदीप कुमार साह र सगर कुमार कुशवाहा हुनुहुन्थ्यो भने कार्यक्रमको प्रबन्धन र निर्देशन पुनम यादव, तथा उद्घोषण संस्थाको सदस्य श्री कुम कुम गुप्ता ले गर्नुभएको थिए। वहाँरूले व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, र एसईई परीक्षाका लागि आवश्यक रणनीतिहरूमा सहभागीहरूलाई मार्गदर्शन गर्नुभयो।
कार्यक्रममा मोटिभेसनल वक्ता प्रदीप कुमार साह सरले विद्यार्थीहरूलाई एसईई परीक्षा पूर्व कसरी तयारी गर्ने भन्ने विषयमा विशेष प्रशिक्षण प्रदान गर्नुभयो। उनले समय व्यवस्थापन, अध्ययन सामग्रीको प्राथमिकता निर्धारण, विगतका प्रश्नपत्रहरूको अभ्यास, र आत्मविश्वास अभिवृद्धिका विषयमा मार्गदर्शन गरे।
उहाँले विद्यार्थीहरूलाई अध्ययनलाई नियमित र योजनाबद्ध बनाउँदै, परीक्षा नजिकिँदै जाँदा मानसिक तनावलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरामा पनि सुझाव दिनुभयो। प्रदीप सरले सहभागी विद्यार्थीहरूलाई कठिन विषयमा ध्यान केन्द्रित गर्दै, साना-छोटा विश्रामसहित अध्ययन गर्ने रणनीति अपनाउन प्रेरित गर्नुभयो।
यस प्रशिक्षणले विद्यार्थीहरूलाई परीक्षाका लागि सकारात्मक दृष्टिकोण र योजनाबद्ध तयारीमा सहयोग पुर्‍याएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा प्रदीप कुमार साह सरले विद्यार्थीहरूलाई व्यक्तित्व विकासका विविध पक्षबारे प्रशिक्षण प्रदान गर्नुभयो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*