Breaking News
थारू समुदायले बाराको करैयामाईमा तीन दिन माघी महोत्सव मनाउने

थारू समुदायले बाराको करैयामाईमा तीन दिन माघी महोत्सव मनाउने

दिपेन्द्र जयसवाल
बारा, पौष २९ गते।
बाराको करैया मा थारू समुदायले पुस ३० गते देखि माघ २गते सम्म बाराको करैयामाईमा थारु राष्ट्रिय माघी महोत्सव २०८२’ मनाउने भएको छ ।

करैयामाई मा गाँउपालिका वडा नम्बर 2 मा रहेको करैया गाँउ स्थित ईमली फिल्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै तिनदिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याण कारिणीसभाका बाराको अध्यक्ष रामप्रसाद चौधरीले जानकारी दिए ।

 

उनले महोत्सव मूल समारोहको उद्घाटन थारू कल्याण कारिणीसभाका केन्द्रिय उपाध्यक्ष हरिनारायण चौधरीले गर्ने पनि जानकारी दिए ।
महोत्सवले थारू संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक एवं बाह्य पर्यटकलाई महोत्सवमा सहभागि गराई मुलुकको अर्थतन्त्रमा विकास गर्नमा सहयोग पुर्याउने लक्ष्य राखेको समेत उनको भनाइ छ ।
उनका अनुसार झाँकी र्याली प्रदर्शन, मूल समुद्घाटन समारोह, विविध थारु सांस्कृकित प्रश्तुती, थारु खानपिन प्रदर्शनी एवं विक्री, सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं विक्री महोत्सवका मुख्य आकर्षण रहेका छन् ।

महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाच) सहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतको प्रस्तुती रहने उनले बताए ।

महोत्सवमा थारू जातिले माघीपर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारू, केराको तरूवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गङ्गटो, सिधरा, मसुलार) समेत रहनेछन् ।
थारु समूदायले माघिलाई नयाँ वर्षको रुपमा मनाउँदै आएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*