Breaking News
“परिवर्तनको लागि युवा नेतृत्वको आवश्यकता”- जनमत नेता ई.सोनु कुशवाहा

“परिवर्तनको लागि युवा नेतृत्वको आवश्यकता”- जनमत नेता ई.सोनु कुशवाहा

आरएन पटेल, रौतहट, माघ ०१ गते।
रौतहटको इशनाथ नगरपालिका वडा नं. २ औरैयामा जनमत पार्टीका सांसद उम्मेदवार इन्जिनियर सोनु कुशवाहाको उपस्थितिमा एक विशेष कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। बुधवार भएको उक्त कार्यक्रमको आयोजना जनमत पार्टीका क्षेत्रीय इंचार्ज बिजय पटेलको नेतृत्वमा गरिएको थियो।

आजको समयमा देश परिवर्तनको निर्णायक मोडमा पुगेको छ। दशकौँदेखि दोहोरिँदै आएको भ्रष्टाचार र स्वार्थी राजनीतिले जनताको विश्वास चकनाचुर बनाएको छ। यस्तै चुनौतीपूर्ण अवस्थामा, इन्जिनियर सोनु कुशवाहा आफ्नो सुरक्षित करिअर, सुविधा सम्पन्न जीवन र व्यक्तिगत सपना त्यागेर जनताको सेवामा अघि बढेका छन।

उहाँले जेन-जी आन्दोलनको सन्दर्भमा उल्लेख गर्दै, “हामी जस्ता युवा मात्र आफ्नो क्षेत्रको लागि होइन, देशभरि परिवर्तन ल्याउन अगाडि बढ्नुपर्छ।” उहाँले जनताको समस्या सुनिसकेर समाधानमा प्रत्यक्ष भूमिका निभाउने र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा जनमत पार्टीका विधायक प्रत्यासी शेक महम्मद उर्फ बाबू साहेबले विश्वास व्यक्त गर्दै, यस छलफलले पार्टी कार्यकर्ताबीच एकता, समन्वय र चुनावी तयारीलाई थप मजबुत बनाउने बताएका छन।
कार्यक्रमको अन्त्यमा उम्मेदवार इन्जिनियर सोनु कुशवाहाले जनताको विश्वास र साथले मात्रै परिवर्तन सम्भव हुने भन्दै सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गर्नुभयो।
यस कार्यक्रमले जनमत पार्टीको चुनावी अभियानलाई थप उत्साह र जोश दिने विश्वास गरिएको छ। कार्यक्रममा स्थानीय कार्यकर्ता, युवा, बुद्धिजीवी तथा पार्टी समर्थकहरूको भव्य सहभागिता देखिएको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*