Breaking News
रौतहटमा श्रोत नखुलेको करिब पाँच लाख नगदसहित एक व्यक्ति पक्राउ

रौतहटमा श्रोत नखुलेको करिब पाँच लाख नगदसहित एक व्यक्ति पक्राउ

रौतहट, माघ २३ गते ।
जिल्ला प्रहरी कार्यालय रौतहटले श्रोत नखुलेको नगद रकमसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार माघ २३ गते शुक्रबार बिहान करिब १०ः३० बजे जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी चेकिङ टोलीले गौर नगरपालिका-३ स्थित सडक खण्डमा सवारी साधन तथा पैदलयात्रीहरूलाई रोकी नियमित चेकजाँच गरिरहेको थियो।
यस क्रममा गौर भन्सार कार्यालयतर्फबाट बि.पी. चौकतर्फ आउँदै गरेको BR30U 7247 नम्बरको मोटरसाइकल शंकास्पद देखिएपछि रोकी जाँच गर्दा मोटरसाइकल चालक गौर नगरपालिका-१ निवासी नथुनी प्रसाद कलवारका छोरा अन्दाजी ४४ वर्षका राकेश प्रसादको मोटरसाइकलको लेगार्डमा प्लास्टिकको झोलाभित्र लुकाइछिपाइ राखिएको नेपाली नगद रु. ४ लाख ९९ हजार फेला परेको प्रहरीले जनाएको छ।
नगद रकमको सम्बन्धमा आवश्यक कागजात माग गर्दा श्रोत खुलाउन नसकेपछि उक्त नगद रकम, मोटरसाइकल र मोटरसाइकल चालक राकेश प्रसादलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको पुष्टि गर्नुभएको हो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*