आरएन पटेल,राैतहट,माघ २३ गते ।
रौतहट क्षेत्र नम्बर-३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उम्मेदवार तथा पूर्व मन्त्री गोविन्द चौधरीले आज देवाही गोनाही नगरपालिका अन्तर्गत वडा नम्बर–६ कर्कच र वडा नम्बर-५ टिकुलीयामा मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् ।
भेटघाटका क्रममा उम्मेदवार चौधरीले लामो समयपछि आफू पुनः चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै मतदातासँग सहयोगको अपिल गरेका थिए । “यो मेरो अन्तिम पटकको चुनाव हो, यसमा मलाई साथ दिनुहोस्,” भन्दै उनले स्थानीय मतदातालाई भावनात्मक आग्रह गरेका छन् ।
कार्यक्रममा जसपा नेपालका नेताहरू ईश्वरिप्रसाद यादव, रामप्रवेश दास, राजाबाबु साहलगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । नेताहरूले पार्टीको नीति, कार्यक्रम र आगामी योजनाबारे जानकारी गराउँदै जनसमर्थन जुटाउने प्रयास गरेका थिए ।
स्थानीय मतदाताहरूले उम्मेदवार चौधरीसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै आफ्ना समस्या र अपेक्षाहरू समेत राखेका थिए ।

Sthaniya News
