Breaking News
रौतहट-४ मा राजकुमार दासको घरदैलो अभियान तीव्र, गढीमाई छेउमा भव्य क्षेत्रीय भेला

रौतहट-४ मा राजकुमार दासको घरदैलो अभियान तीव्र, गढीमाई छेउमा भव्य क्षेत्रीय भेला

स्थानीय न्यूज,रौतहट,माघ २३ गते ।
रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजकुमार दासले आफ्नो घरदैलो तथा चुनावी अभियानलाई तीव्र बनाएका छन। घरदैलोको क्रममा शुक्रवार गढीमाई नगरपालिकाको सुन्दरपुरस्थित गढीमाई मन्दिरको छेउमा क्षेत्रीय भेला आयोजना गरिएका थिए।


भेलामा स्थानीय सर्वसाधारण, पार्टीका नेता-कार्यकर्ता तथा राजकुमार दासका समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलाले क्षेत्र नं. ४ मा चुनावी माहोल थप सशक्त बन्दै गएको संकेत गरेको सहभागीहरूले बताएका छन।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद तथा मधेश प्रदेशका पूर्व मन्त्री शेख फूलबाबूले आगामी निर्वाचनमा छाता चिन्हमा मतदान गरी राजकुमार दासलाई अत्यधिक मतका साथ विजयी गराउन मतदातासमक्ष अपिल गर्नुभएको छ। उहाँले राजकुमार दास नै जनताको वास्तविक प्रतिनिधि भएको उल्लेख गर्दै क्षेत्रको समग्र विकासका लागि योग्य उम्मेदवार भएको बताउनु भएको छ।
भेलामा बोल्ने अन्य वक्ताहरूले पनि राजकुमार दास जनताको दुःख-सुखमा सधैं साथ दिने, सरल स्वभावका र विकासप्रेमी नेता भएको धारणा व्यक्त गरेका छन। उनीहरूले यसपटक रौतहट क्षेत्र नं. ४ बाट राजकुमार दासलाई भारी मतका साथ विजयी गराउनुपर्नेमा जोड दिएका थिए।
स्थानीयवासीहरूले विकास, सुशासन र जनमुखी नेतृत्वको अपेक्षा गर्दै राजकुमार दासप्रति सकारात्मक विश्वास व्यक्त गरेका छन। चुनाव नजिकिँदै जाँदा राजकुमार दासको घरदैलो अभियानले क्षेत्र नं. ४ मा नयाँ उत्साह र ऊर्जा थपिएको क्षेत्रका मतदाताहरूको अनुमान रहेको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*