Breaking News
जसपा नेपाल रौतहट-२ मा २५ सदस्यीय क्षेत्रीय जननिर्वाचन परिचालन समिति गठन

जसपा नेपाल रौतहट-२ मा २५ सदस्यीय क्षेत्रीय जननिर्वाचन परिचालन समिति गठन

आरएन पटेल, रौतहट, माघ २५ गते।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ०२ का उम्मेदवार राम आशिष राय यादवको चुनावी प्रचार-प्रसारलाई प्रभावकारी बनाउने उद्देश्यले रौतहट-२ को इनरबारीमा क्षेत्रीय भेला तथा बैठक सम्पन्न भएको छ।
पूर्व प्रदेश सभा सदस्य रामकिशोर प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट धर्मेन्द्र प्रसाद पटेलको संयोजकत्वमा २५ सदस्यीय क्षेत्रीय जननिर्वाचन परिचालन समिति गठन गरिएको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गठन गरिएको समितिले पार्टीको प्रचार-प्रसार, चुनावी गतिविधिलाई व्यवस्थित बनाउने तथा जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने जिम्मेवारी निर्वाह गर्ने जनाइएको छ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि रामकिशोर प्रसाद यादवले पार्टीलाई जनतासँग अझ नजिक पुर्‍याउन संगठित, अनुशासित र योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका मुद्दामा जसपा नेपाल दृढ रहेको उल्लेख गर्दै निर्वाचनमा एकजुट भएर लाग्न नेता-कार्यकर्तालाई आग्रह गरेका छन।


कार्यक्रममा जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष राजीव रंजन यादवले नवगठित जननिर्वाचन परिचालन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन। उनले उक्त समितिले निर्वाचनमा पार्टीलाई विजयतर्फ अग्रसर गराउने विश्वास व्यक्त गरे।भेलामा प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत जसपा नेपालका केन्द्रीय सदस्य, जिल्ला समिति सदस्य, निर्वाचन क्षेत्रीय समिति, ४२ वटै वडाका वडा कमिटी अध्यक्ष, ६ वटै पालिकाका नगर अध्यक्ष, माननीयहरू, नगरप्रमुख तथा उप-नगरप्रमुख प्रत्यासी, वडा अध्यक्ष तथा वडा अध्यक्ष प्रत्यासीसहित अगुवा नेता-कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साथै यही माघ २७ गते मंगलवार देखी बौधिमाई नगरपालिका वार्ड न. ३ मटिअर्वा देखि निरन्तर घरदैलो तथा भेटघाट कार्यक्रम शुरू हुने बैठकबाट निर्णय गरिएको जन निर्वाचन परिचालन समितिले जनाएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*