Breaking News
वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसादद्वारा पदभार ग्रहण

वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसादद्वारा पदभार ग्रहण

आरएन पटेल,रौतहट,माघ २६ गते ।
विगत लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहँदै आएको रौतहटको वृन्दावन नगरपालिकामा श्याम किशोर प्रसादले प्रमुख प्रशासकीय अधिकृतका रूपमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।
सोमबार नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख विनोद प्रसाद कुर्मीको नेतृत्वमा वडाध्यक्षहरू तथा नगरपालिकाका कर्मचारीहरूले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत प्रसादलाई स्वागत गरेका हुन।

उक्त अवसरमा नगरप्रमुख कुर्मीले प्रमुख प्रशासकीय अधिकृत प्रसादलाई हार्दिक बधाई दिँदै उहाँको कार्यकाल सफल, उपलब्धिमूलक तथा प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सक्षम नेतृत्वमार्फत सुशासन, पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाह अझ सुदृढ हुने, विकास-निर्माणका कार्यहरूले नयाँ गति लिने तथा नगरवासीको अपेक्षा प्रभावकारी रूपमा सम्बोधन हुने अपेक्षा व्यक्त गर्नुभयो।
नगरप्रमुख कुर्मीले प्रमुख प्रशासकीय अधिकृत प्रसादको कार्यकालले वृन्दावन नगरपालिकाको संस्थागत सुदृढीकरण, उन्नति र समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको बताउनुभयो। साथै उहाँको नेतृत्व जनमैत्री प्रशासन, जनविश्वास अभिवृद्धि र दीर्घकालीन विकासको दिशामा कोशेढुंगा सावित हुने जनप्रतिनिधिहरूको धारणा रहेको छ।


कार्यक्रममा वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, विभिन्न शाखा प्रमुखहरू तथा नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*