Breaking News
देवाही गाेनाहीमा मेयर कप सम्पन्न, फाइनल विजेता वडा नम्बर -१ करुनिया

देवाही गाेनाहीमा मेयर कप सम्पन्न, फाइनल विजेता वडा नम्बर -१ करुनिया

सागर संगम ठाकुर, रौतहट, चैत २१ गते।
रौतहटको देवाही गोनाही नगरपालिकामा सम्पन्न दोस्रो नगरस्तरीय नकआउट क्रिकेट प्रतियोगितामा वडा नम्बर–१ करुनिया टिम विजयी भएको छ। शनिबार वडा नम्बर–९ धरहरीमा सम्पन्न खेलमा वडा नम्बर–१ करुनिया र वडा नम्बर–५ टिकुलियाबीच कडा प्रतिस्पर्धा भएको थियो।
टस जितेर फिल्डिङ रोजेको वडा नम्बर–१ करुनिया टिमले विपक्षीलाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो। वडा नम्बर–५ टिकुलियाले १६ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो। १२८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको वडा नम्बर–१ करुनिया टिमले १९ ओभर १ बलमा ९ विकेट गुमाउँदै १३१ रन बनाउँदै शानदार जित हासिल गरेको हो। प्रतियोगिताको विजेताले उपाधिसहित रु बीस हजार तथा उपविजेताले रु दस हजार पुरस्कार पाउनेछन् ।


सम्पन्न भएको खेललाई सम्बाेधन गर्दै देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रमेलाल साहले खेलमा कसैको जित र कसैको हार निश्चित भएको भन्दै पराजित भएको टिमलाई आफ्नो मनाेबललाई कमजोर नपार्न सबै खेलाडीहरुलाई हाैसला प्रदान गर्नु भयो । नगर प्रमुख साहले खेलमा जितने खेलाडी नै कहिलेकाही हार्ने गरेको र हार्ने खेलाडीले नै जितने गरेको कुरालाई स्मरण गराउनु भयो ।
साहले प्रतियोगितामा उपस्थित सबै खेलाडीहरुलाई खेलकाे माध्यमबाट आफ्नो पालिका जिल्ला र देशको नाम अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउन सफल हुन भने अग्रिम बधाई तथा शुभकामना दिनु भयो ।
प्रतियोगितामा मेयर साह र आयोजक देवाही गाेनाही नगरपालिकाका खेलकुद शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजदेव रामले प्रतियोगिताको ‘म्यान अफ दी मैच विवेक पटेल म्यान अफ दी सिरिज’ निरज साह,वेष्ट बलर रितिक रौशन याद, वेष्ट ब्याटर रौशन गुप्ता र हैट्रिक विकेट माेनु गुप्तालाई मेडल लगाई सम्मान गरेको थियोे ।नगर स्तरीय नक आउट क्रिकेट प्रतियोगितामा नौं वटा वडा तथा आयोजक गरी दसवटा टोली सहभागी थिए ।
नगरपालिकाकाे तर्फबाट खेलकुद शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजदेव राम स्वास्थ्य शाखा सह-संयोजक राजिव साह र सहयोगी पात्रको रुपमा समाजसेवी तथा युवा नेता कुन्दन साह, विवेकान्नद साह( टाईगर) विकेश गुप्ता,राकेश साहले मुख्य भुमिका निर्वाह गरेकाे थियोे । एक हप्ता सम्म चलेको प्रतियोगितामा प्रत्येक दिन वडा नम्बर एक देखि वडा नम्बर नौं सम्मका वडा अध्यक्षहरु उपस्थिति रहेको थियो ।प्रतियोगितामा स्थानीय खेलप्रेमी दर्शक, नेपाल प्रहरी,शस्त्र प्रहरी र संचारकर्मीकाे नियमित उपस्थिति रहेको थियोे ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*