दिपेन्द्र जयसवाल, बारा, चैत २१ गते।
बारागढीमा जनचेतना सामुदायिक सिकाई केन्द्रको ६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बारा जिल्लाको बारागढी गाँउपालिका वडा नम्बर ३ मा रहेको श्री रामकबिर आधारभुत बिधालयको प्रांगणमा शनिबार जनचेतना सामुदायिक सिकाई केन्द्र खोपवा बाराको ६औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

गाउँपलिका अध्यक्ष अशोक कुमार जयसवालको प्रमुख अतिथ्य तथा जनचेतना सामुदायिक सिकाई केन्द्रको अध्यक्ष बिन्देश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न सो वार्षिक सधारण सभामा गाँउपालिकाको अध्यक्ष जयसवालले प्रमुख अतिथीको रुपमा रिबन काटी, बैनर पढेर उक्त वार्षिक साधारण सभाको उदघाटन गर्नु भएको हो ।

सो कार्यक्रममा गाँउ कार्यापालिका सदस्य संगीता कुमारी चौधरी, श्री ज्ञानगंगा सामुदायिक सिकाई केन्द्र गडहल बाराको अध्यक्ष प्रर्मेन्द्र कुमार फौजदार, बारागढी सामुदायिक सिकाई केन्द्र चेरवन्त पथराको अध्यक्ष मुरारी प्रसाद चौधरी, पि.पि.सी. नेपालको शिक्षा अधिकृत आमोद राउत, पुर्व वडाअध्यक्ष छठु राउत अहिर लगायत वक्ताहरुले उक्त सभामा आ-आफ्नो मन्तव्य राख्नु भएको थियो I सो साधरण सभामा संस्थाका संञ्चालक समितीको सम्पुर्ण पदधिकारीहरु, संञ्चारकर्मीहरु लगायतको बिशेष उपस्थिति रहेको थियो भने कार्यक्रमको संञ्चालन परिचालक कबिता चौधरीले गर्नु भएको थियो ।

Sthaniya News
