Breaking News
बौधिमाई मेयर कप विजेता इनर्वा टिमलाई नगद पुरस्कार प्रदान

बौधिमाई मेयर कप विजेता इनर्वा टिमलाई नगद पुरस्कार प्रदान

स्थानियान्यूज,रौतहट, बैशाख ११ गते।
बौधिमाई नगरपालिकामा सम्पन्न मेयर कप क्रिकेट प्रतियोगिताका फाइनल विजेता च्याम्पियनसिप वडा नं. २ इनर्वा टिमलाई विभिन्न व्यक्तित्वहरूले नगद पुरस्कार प्रदान गरेका छन्।
बौधिमाई नपा वडा नं. २ इनर्वा निवासी जसपा नेपालका युवा नेता दिलीप कुमार पटेलले विजेता टिमलाई व्यक्तिगत तर्फबाट नगद ११ हजार रुपैयाँ प्रदान गर्दै खेलाडीहरूको हौसला बढाएका छन्। त्यसैगरी पूर्व वडा अध्यक्ष रामबाबु प्रसाद कुशवाहाले नगद ४ हजार १ सय रुपैयाँ तथा ज्ञानकुंज इंग्लिश बोर्डिङका प्रिन्सिपल जयराम गुप्ताले २ हजार ५ सय रुपैयाँ पुरस्कारस्वरूप हस्तान्तरण गरेका छन्।


नेता पटेलले खेल मैदानमैं पुगेर खेलाडीहरुको हौसला बढाउन जितको शुभकामना तथा बधाई दिदै पुरस्कार स्वरूप उक्त नगद रकम टिम कप्तान बिजय पटेललाई हस्तान्तरण गरेका हुन।
स्थानीय स्तरमा आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै इनर्वा टिम च्याम्पियन बनेको थियो। विजेता टिमलाई प्रदान गरिएको नगद पुरस्कारले खेलाडीहरूमा थप उत्साह र प्रेरणा मिल्ने विश्वास सहित यस प्रकारका गतिविधिले गाउँ–समाजमा खेलकुदको विकाससँगै युवाहरूलाई सकारात्मक मार्गतर्फ उन्मुख गराउने उनले अपेक्षा गरेका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*