आरएन पटेल, रौतहट, बैशाख ११ गते।
बौधिमाई नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिता २०८३ अन्तर्गत आज सम्पन्न फाइनल खेलमा वडा नं. २ इनर्वा टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ।
फाइनल खेलमा वडा नं. ८ सरमुजवा टिमले पहिले ब्याटिङ गर्दै १८.३ ओभरमा १ सय ४७ रन बनाउँदै अलआउट भएको थियो। मध्यम लक्ष्य पछ्याएको इनर्वा टिमले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै मात्र १४ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै ५ विकेटले शानदार जित हात पारेका छन।
इनर्वा टिमको जितमा कृष पटेल नायक सावित भए। उनले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै विपक्षी टिमलाई दबाबमा राखेका थिए। उनको प्रभावशाली खेलकै कारण उनी फाइनल खेलका “म्यान अफ द म्याच” घोषित भए।

त्यससँगै कृष पटेलले प्रतियोगिताको “बेस्ट बॉलर” र “बेस्ट किपर” अवार्डसमेत हात पार्दै व्यक्तिगत रूपमा दोहोरो सफलता हासिल गरेका छन।

प्रतियोगिताको ट्रफी इनर्वा टिमलाई प्रदान गरिएको थियो। खेलले स्थानीय स्तरमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै युवाहरूमा सकारात्मक ऊर्जा थप्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

Sthaniya News
