रौतहट, वैशाख १५ गते।
जिल्ला प्रहरी कार्यालय रौतहट ले स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण फैलाउँदै चलाइएका मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ।
कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मिति २०८३ वैशाख १३ र १४ गते गौर नगरपालिका भित्र प्रहरी गस्तीका क्रममा विभिन्न चोक तथा बजार क्षेत्रमा चेकजाँच गरिएको थियो। सो क्रममा मोटरसाइकलका सलेन्सर, भिजर, सिट, लेगार्ड लगायतका भागहरू परिवर्तन गरी ठूलो आवाज निकाल्दै ध्वनी प्रदूषण गर्ने र सर्वसाधारणको आवतजावतमा असर पार्ने सवारी साधनहरू फेला परेका थिए।

प्रहरीले यस्ता गतिविधिले सार्वजनिक शान्ति तथा वातावरणमा नकारात्मक असर पार्ने भएकाले सम्बन्धित मोटरसाइकलहरू नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कानुनी कारवाहीका लागि यातायात व्यवस्था कार्यालय गौर पठाइएको छ।
नियन्त्रणमा परेका मोटरसाइकलहरूमा BR06DJ9935 नम्बरको Yamaha, ना ४१ प ८४७३ नम्बरको FZ र BR06DC8398 नम्बरको MT15 रहेका छन्।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बिष्णु प्रदिप बस्याल ले सवारी साधनको स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने कार्य नगर्न सबैलाई अनुरोध गर्दै यस्ता कार्यमा संलग्नलाई कडा कारवाही गरिने चेतावनी दिएका छन्।
प्रहरीको यस अभियानले बजार क्षेत्रमा शान्ति कायम गर्न र सवारी साधनलाई नियमअनुसार सञ्चालन गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
Sthaniya News
