Breaking News
उद्योग पर्यटन वन तथा वातावरण मंत्री यादवद्वारा गाैरमा तालिम भवनकाे शिलान्यास

उद्योग पर्यटन वन तथा वातावरण मंत्री यादवद्वारा गाैरमा तालिम भवनकाे शिलान्यास

आरएन पटेल । राैतहट । माघ १९ गते
राैतहट सदरमुकाम गाैरमा तालिम भवनकाे शिलान्यास गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गौरमा निर्माण हुन लागेको तालिम भवनको प्रदेश २ का उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री राम नरेश यादवले शिलान्यास गर्नु भएको छ । सो अबसरमा रौतहट क्षेत्र नम्बर १ का निवर्तमान सांसद अनिल कुमार झाको पनि उपस्थिती रहेको थियोे । मन्त्री यादव द्वारा गरिएको शिलान्यास भबन करिब २६ लाखको लागतमा निर्माण हुने उद्योग अधिकृत जयकान्त झाले बताउनु भएको छ । वहाँले निर्माण पश्चात् आफ्नै भबनमा विभिन्न किसिमका तालिम दिइने जानकारी गराउनु भएको छ।
शिलान्यास पछि एक कार्यक्रमलाई सम्बाेधन गर्दै जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय निर्वाचन आयोगका प्रमुख अनिल कुमार झाले सीपमुलक तालिमले मानिसलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।
घरेलु तथा साना उद्योग कार्यालय गौरको तालिम भवन निर्माणका लागि शिलान्यास गर्दै उनले सीप भए कोही पनि भोकै बस्नु नपर्ने बताए । कार्यक्रममा सम्बाेधन गर्दै
प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश यादवले स साना घरेलु उद्योगले मानव जीवन सञ्चालनका लागि महत्वपूर्ण आधार रहेको बताउँदै तालिम भवन बनेपछि यसले थप सहयोग हुने बताए ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*