Breaking News
फतुवा विजयपुरको श्री मा वि टेंग्राहाको पोखरी ५ वर्षका लागि ४ लाख ६० हजारमा ठेक्का सम्पन्न

फतुवा विजयपुरको श्री मा वि टेंग्राहाको पोखरी ५ वर्षका लागि ४ लाख ६० हजारमा ठेक्का सम्पन्न

आरएन पटेल । रौतहट । फागुन ९ गते
रौतहटको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ४ मा अवस्थित श्री मा वि टेंग्राहाको पोखरी ठेक्का सम्पन्न भएको छ । पोखरी ठेक्का सम्बन्धी पूर्व निर्धारित सूचना अनुसार फागुन ८ गते शनिबार विद्यालयको प्राँगनमा बैठक बसी ठेक्का पट्टाको कार्य सम्पन्न गरिएको हो । फतुवा विजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्राहाको वडा सदस्य रामनिहोरा राय यादवको अध्यक्षतामा बैठक बसी ठेक्का पट्टाको कार्य अगाडी बढाइएको थियो । विद्यालयको नाममा १५ कठ्ठा जग्गामा रहेको पोखरीको डाक बढ़ा बढ़ बाट प्रत्येक वर्षको ९२ हजारका दरले ५ वर्षका लागि कुल ४ लाख ६० हजारमा ठेक्का सम्पन्न भएको हो । सोही ठाउँ बस्ने स्थानीय ब्रह्मदयाल राय यादवले पोखरीको डाक बढ़ा बढ़ गरी सम्पूर्ण ठेकेदार भन्दा बढ़ी डाक लगाई ठेक्का साकार गरेका हुन । पोखरीको ठेक्का यही मिति २०७७र ११र ०८ गते शनिबार देखी मिति २०८२र ११र ०७ गते सम्म ५ वर्षका लागि निज यादवले साकार गरेका हुन ।
डाक डाक बढ़ाबढ़ गरी ठेक्का साकार गरेका ठेकेदारले नियमनुसार धरौटी वापतको रकम जम्मा गर्नु पर्ने र पहिलो किस्ता वापतको रकमको समय सीमा तोकिएको हुँदा समयमा रकम नतिरेमा ठेक्का पट्टा सम्बन्धी सबै कार्य दोस्रो स्थानमा रहेको ठेकेदारले पाउने तथा दोस्रो ठेकेदारले समयमा रकम नतिरेमा तेस्रो स्थानको ठेकेदारले ठेक्का पट्टा स्वतः पाउने गरि विद्यालयले निर्णय गरेका छन । पोखरी ठेक्का पट्टा तथा डाक बढ़ाबढ़ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिल कुमार यादव,विद्यालयका सहायक लेखापाल प्रवीण यादव, जयमंगल प्रसाद यादव,चुल्हाई प्रसाद यादव,रामाकान्त पासवान,रूपेश कुमार यादव,दिनानाथ प्रसाद यादव,धर्मदेव प्रसाद यादव लगायत स्थानीय भद्र भलादमीको उपस्थिति रहेको थियो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*