Breaking News
रौतहटमा मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्रका मिश्र पुरस्कृत ।

रौतहटमा मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्रका मिश्र पुरस्कृत ।

आरएन पटेल । २४ भदौ २०७९
रौतहटको गरुडामा मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्रका मिश्र पुरस्कृत भएका हुन । मध्य रौतहटको गरुडामा नेपाल पत्रकार महासंघ रौतहट शाखाद्वारा आयोजित कार्यक्रममा गोरखापत्र दैनिकका नायव कार्यकारी सम्पादक एवम् नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व अध्यक्ष कुमार विवेकानन्द मिश्र पुरस्कृत भएका हुन्।

नेपाल पत्रकार महासंघ रौतहट शाखाले
२५ हजार राशिको साथै सम्मान पत्र सहित `मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार´बाट गोरखापत्र दैनिकका नायव कार्यकारी सम्पादक मिश्रलाई पुरस्कृत गरेको हो।
शुक्रबार रौतहटको गरुडा स्थित आशिर्वाद गेष्ट हाउसमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल तथा पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले २५ हजार राशिको पुरस्कार प्रदान गरेका हुन्।

गत वर्ष नेपाल पत्रकार महासंघले कोरोना संक्रमणका कारण निधन भएका पत्रकार चौधरीको सम्झना स्वरुप मनोज चौधरी स्मृती पत्रकारिता पुरस्कारको स्थापना गरेकोे थियो।
बिगत एक दशक देखि पत्रकारिता पेशामा आवद्ध रहेका चौधरीको निधन गत वर्ष वैशाख २९ गते भएको थियो । चौधरीको स्मृतीमा स्थापना भएको पुरस्कारद्वारा नेपालको लोकतान्त्रिक आन्दोलन एवम् पूर्ण प्रेस स्वतन्त्रताका लागि उल्लेखनीय योगदान पुर्याएका पत्रकार मिश्र आज पुरस्कृत भएका हुन्।

मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेकपा एसका अध्यक्ष नेपालले पत्रकारहरु आफ्नो सञ्चार माध्यमले लोकतन्त्रको पक्षमा, देशको पक्षमा, समाजको पक्षमा,गरिबको पक्षमा र निर्दोषको पक्षमा बोल्नु पर्ने जिकिर गरे।

कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि जैसवाल,उपप्रमुख पुनम चौधरी, नेकपा एसका पोलिट व्युरो सदस्य कल्याणी खड्का,पूर्व सांसद रामकुमार भट्टराई, बंगलादेशका पूर्व राजदुत डा.बन्सिधर मिश्र, पत्रकार, संचारकर्मी लगायत राजनीतिकर्मीहरुको सहभागिता रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*