Breaking News
मिटर ब्याजी तथा ठगी विरुद्ध रौतहटका किसान मजदुरहरु संधर्षमा

मिटर ब्याजी तथा ठगी विरुद्ध रौतहटका किसान मजदुरहरु संधर्षमा

प्रेमचन्द्र झा । गरुडा ।

भदौ २६ गते ।

मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संधर्ष समिति जिल्ला समिति राैतहटको आयोजनामा पत्रकार सम्मेलन भएको छ ।

मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संधर्ष समिति केन्द्रीय समितिका सदस्य निर्ग नविनको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा ब्क्तताहरुले मिटर ब्याजी पिडितलाई सहयोग गर्न आग्रह गर्नु भयो ।सो सम्मेलनमा जनता समाजवादी पाट्रीका नेता राजकुमार दास, राजनितिक अभियन्ता झरना आचार्यले मिटर ब्याजीको समस्या आजकल सामाजिक विकृतिको रुपमा स्थापित भएकोले राज्यको गम्भीर ध्यानाकर्षण गरि समस्या सामाधानको पक्षमा भुमिका खेलीदिनु हुन अनुराेध गर्नु भयाे ।मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संधर्ष समिति जिल्ला समिति राैतहटका संयोजक शिव शंकर महतोको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा, उपाध्यक्ष प्रविण कुमार शर्मा सहितका सञ्चारकर्मीकाे सहभागीता रहेकाे थियाे । साे सम्मेलनमा जिल्लामा २ सय जना भन्दा वढि व्यक्तिले मिटर ब्याजीको बिरुद्वमा उजुरी दिईएको जानकारी दिनु भयो ।प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई कार्यवाही चलाउन अनुराेध समेत गरेका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*