- रौतहट असोज ०३ ।
बलरा नगरपालिका वार्ड नं ४ मा रहेको श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयको प्रधानाध्यापक (हेडमास्टर) बीरेन्द्र झा र शिक्षक हरिसचन्द्र मलिक मिली विद्यालयको भवन पेन्ट गर्नको लागी ल्याएको पेन्ट आफ्नो घर रौतहट लग्ने पक्राउ परेका छन् ।

बलरा नगरपालिका वार्ड नं ४ को वडा अध्यक्ष मणिभूषण सिंहले बलरा चौकमा भारतीय स्कोर्पियो JH01AB 9127 नम्बर भारतीय स्कोरपियो गाडी रोकी हेर्दा २० लिटर पेन्टको मात्रा भएको १० वटा बाल्टिन सहित पक्राउ गरी सिमा प्रहरी चौकी बलराका सइ मोहन मणि कटुवाललाई बुझाएको छ ।

बलरा नगरपालिका वार्ड नं ४ को वडा अध्यक्ष मणिभूषण सिंहको भनाई अनुसार यी शिक्षकहरु पहिला पनि विद्यालयको सर-समान चोरी लुकी लाने गरेको थियो र आज पनि लगिरहेको सूचना पाउना साथ वडा अध्यक्ष सिंह बलरा चौकमा बसी चोरी गरेको समान सहित गाडी चालक र हेडमास्टर सहित सिमा प्रहरी चौकीमा बुझाएको छ ।
हेडमास्टर बीरेन्द्र झा रौतहटको माधवनारायण नगरपालिका वाड नं. ५ मिठूअवा गाँउ निवासी अजय साहको गाडी भाडा गरी लगेको थियो ।
पहिला देखी हेडमास्टर बीरेन्द्र झा आफ्नो मनपरि गर्दै आएको कुरा धेरै विद्यार्थीले गुनासो गरेको थियो ।
बीरेन्द्र झा बिद्यालयको भवन निर्माणको लागी ल्याएको सामग्री रौतहटको शिवनगरमा रहेको आफ्नो घर निर्माणमा प्रयोग गर्ने गरेको र त्यस्तै हरिसचन्द्र मलिकको रौतहट गरुडा नपा ७ मा रहेको अधुरो घर पेन्ट गर्न दुबै मिली जुली लगिरहेको बलरा नगरपालिकाको स्थानियहरुले बताएका छन।
Sthaniya News
