Breaking News
बौधिमाई नपा-३ मटिअर्वामा जसपाद्वारा विजयादशमीको शुभकामना आदान प्रदान तथा युवा कमिटी गठन कार्य सम्पन्न ।

बौधिमाई नपा-३ मटिअर्वामा जसपाद्वारा विजयादशमीको शुभकामना आदान प्रदान तथा युवा कमिटी गठन कार्य सम्पन्न ।

आरएन पटेल । १४ असोज २०७९

बौधिमाई नपा-३ मटिअर्वामा जसपा नेपालद्वारा विजयादशमीको शुभकामना आदान प्रदान, कार्यकर्ता भेटघाट तथा युवा कमिटी गठन कार्य सम्पन्न भएको हो । जनता समाजवादी पार्टी नेपाल निर्वाचन क्षेत्र नंं.२ ख अन्तर्गत बौधीमाई नगरपालिकाको वडा नं. ३ मटिअर्वा स्थित मठको प्राङ्गणमा हिन्दूहरूको महान पर्व विजयादशमीको शुभ अवसर पारेर शुभकामना आदान प्रदान, कार्यकर्ता भेटघाट तथा वाड स्तरीय युवा कमिटी गठन कार्य सम्पन्न गरिएको छ ।

यही मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट निर्वाचन क्षेत्र नं.२ ख जसपा नेपालको प्रदेश निर्वाचन क्षेत्र समन्वय समितिले आफ्नो निर्वाचन क्षेत्र भित्रका प्रत्येक वडामा युवा कमिटी गठन गर्ने निर्णय गरेको हुँदा त्यसै अन्तर्गत बौधिमाई नपा वडा नं.३ मटिअर्वामा आज कार्यक्रम एक आयोजन गरी नन्दु गुप्ता बनिया को अध्यक्षतामा जसपा नेपालको ३५ सदस्यीय वाड स्तरीय युवा कमिटी गठन गरिएको छ ।

संघीयता,सुशासन,समृद्धि र समाजवाद जसपा नेपालको नारा सहित प्रदेश निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नंं.२ ‘ख’ जसपा नेपालको आयोजनामा आयोजित कार्यक्रमको प्रमुख अतिथि बौधिमाइ नपाका पूर्व मेयर तथा मधेश प्रदेश कमिटी सदस्य राजीव रंजन यादवले विजयादशमीको शुभ अवसरमा सम्पूर्ण नेता कार्यकर्ता तथा आम जनसमुदायमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिँदै वाड स्तरीय नव गठित युवा कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना सहित यही मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नव गठित युवा कमिटीले आफ्नो पार्टीको लागि नयाँ जोश, जागर तथा ऊर्जाका साथ लागेर आउँदो निर्वाचनमा जसपाका उम्मेदवारलाई विजयी गराउन आग्रह समेत गरेका छन।

कार्यक्रमको अध्यक्षता क्षेत्र नंं.२ ख को क्षेत्रिय कमिटी अध्यक्ष नवलकिशोर प्रसाद पटेल, प्रमुख अतिथि बौधिमाइ नपाका पूर्व मेयर तथा मधेश प्रदेश कमिटी सदस्य राजीव रंजन यादव, विशिष्ट अतिथि जसपा नेपालको भातृसंगठन समाजवादी युवा संघको केन्द्रीय महासचिव दिलीप कुमार पटेल, अतिथि वडा नं.३ मटिअर्वाको वडा अध्यक्ष मनिभुषण प्रसाद साह, वडा नं.१ अजगैबीको वडा अध्यक्ष रामजोधी राउत कुर्मी, देवाही गोनाही नगरपालिका जसपा नेपालको नगर अध्यक्ष दिनेश यादव, बौधीमाई नपाका नगर अध्यक्ष हृदय नारायण राय यादव, वडा नं.३ मटिअर्वाको वडा कमिटी अध्यक्ष सियाराम प्रसाद पटेल, मौलापुर नपाका युवा नेता लखिन्द्र यादव, युवा नेता मोतिम हास्मी, प्रमोद राय यादव, अशेसर राय यादव, विरेन्द्र प्रसाद पटेल, अशोक प्रसाद पटेल, लगायत जसपा नेपालका नेता कार्यकर्ता तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*