Breaking News
गरुडा नगरपालिकामा डेंगु रोग विरुद्धको धुवाँ अभियान सुरु।

गरुडा नगरपालिकामा डेंगु रोग विरुद्धको धुवाँ अभियान सुरु।

कुमार चन्दन । गरुडा , कार्तिक २० गते

मध्य रौतहटको गरुडा नगरपालिकामा डेंगु रोग विरुद्धको धुवाँ अभियान सुरु भएको छ । नगर प्रमुख कन्थमणि जयसवालले जिल्लामा लामखुटेको टोकाईबाट फैलिरहेको डेंगु रोगबाट बच्नको लागि काठमाडौं Orange Ball Pvt. Ltd बाट आएका एक्सपर्ट सहितको विशेष प्राविधिक टोलीद्वारा डेंगु रोग विरुद्धको धुवाँ अभियान सुरु गराएका छन ।


आईतबार देखि गुणस्तरीय तथा सुरक्षित फगिंग (धुवां) गर्ने कार्यक्रम सुरु भएको छ । आफ्नो नगरको सम्पुर्ण नगरबासिको जनधनको मध्यनजर गर्दै लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु मलेरिया जस्ता प्राण घातक रोगको संक्रमण नियन्त्रण गर्न आईतबार देखि नपाको ९ वटै वडामा ‘एयर स्प्रे’ शुरु गरिएको नगर प्रमुख जैसवालले जानकारी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय गरुडाबाट फगिंग कार्य नगर प्रमुख जैसवालले आफ्नो हातबाट सुरु गरेका छन । ईको सिस्टम तथा मानवीय हिसाबले पूर्ण रुपले सुरक्षित रहेको जानकारी गराउदै फगिंग गर्ने समयमा आ आफ्नो घरको झ्याल–ढोका वन्द गरि सहयोग गरि दिनुहुन नगर प्रमुख जैसवालले जनताहरु समक्ष अनुरोध समेत गर्नु भएको छ ।

उक्त कार्यक्रममा नगर उप प्रमुख पुनम चौधरी , निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादव,ई.प्र.का गरुडाका डिएसपी बरुण बहादुर सिंह र वडा नं ४ को वडा अध्यक्ष सुनिल जैसवाल साथै सबै कर्मचारीहरुको उपस्थिति रहेका थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*