Breaking News
जसपाको जिल्ला अध्यक्ष पूर्वमेयर पटेलद्वारा पार्टी परित्याग ।

जसपाको जिल्ला अध्यक्ष पूर्वमेयर पटेलद्वारा पार्टी परित्याग ।

रौतहट । कार्तिक २२ गते

जसपा नेपालको रौतहट जिल्ला अध्यक्ष पूर्वमेयर पटेलले जसपा नेपाल पार्टी परित्याग गरेका छन । रौतहटको देवाही गोनाही नगरपालिकाको पूर्वमेयर धर्मेन्द्र पटेल जनता समाजवादी पार्टी, नेपालको साधारण सदस्य समेत नरहने गरी जसपा नेपाल रौतहटको जिल्ला अध्यक्ष पदबाट राजीनामा गरेका छन ।
साथै देवाही गोनाही नपाको नगर कमिटी जसपा नेपालको नगर अध्यक्ष पदबाट वडा प्रत्यासी नेता महेश यादव तथा पूर्वमेयर पटेलको सहयोगी अशोक पटेल समेत जसपा नेपालको जिल्ला सदस्य पदबाट आज कार्तिक २२ गते मंगलबारका दिनदेखि राजिनामा दिएको घोषणा गर्नुभएको छ।

 

उनले समाजिक संजालमा लेखेका छन् “जनता समाजवादी पार्टी, नेपालको साधारण सदस्य समेत नरहने गरी जसपा नेपाल रौतहटको जिल्ला अध्यक्ष पदबाट आजकै मितिदेखि राजिनामा दिएको घोषणा गर्दछु । साथै एउटा राजनैतिक प्राणी भएको हुदाँ देश र मधेसको पक्षमा स्वतंत्र रूपले भएपनि लागि रहने प्रतिबद्धता व्यक्त गर्दछु´´भनेका छन् ।

विगत दुई दसक देखि मधेसवादी दलमा आबद्ध भई विभिन्न आन्दोलन तथा मधेस आन्दोलन समेत गरेका अध्यक्ष पटेलले पार्टी परित्याग गरि स्वतन्त्र रुपमा राजनीतिक गर्ने संचार कर्मीलाई जानकारी गराएका हुन्।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*