Breaking News
रौतहट क्षेत्र नं  २ ख का जसपा उम्मेदवार यादवको चुनावी घरदैलोमा तीव्रता ।

रौतहट क्षेत्र नं  २ ख का जसपा उम्मेदवार यादवको चुनावी घरदैलोमा तीव्रता ।

आरएन पटेल,कार्तिक २२ गते ।

 रौतहट क्षेत्र नं २ ख प्रदेश सभा सदस्य पदका जसपा नेपालका उम्मेदवार रामकिशोर यादव उर्फ किशोरी यादव घरदैलो कार्यक्रममा तीव्रता ल्याएका छन् ।
घरदैलो कार्यक्रम अन्तर्गत आज मंगलवार बौधीमाई नगरपालिकाको इनरवारी र कोपवामा एकैसाथ घरदैलो कार्यक्रम गरी जनसमुदायबाट आशिर्वाद ग्रहण गर्दै आफनो पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।

जनताको अपार उत्साहजनक सहभागिताको बीच घरदैलो कार्यक्रम सम्पन्न भएको बताइएको छ । पछिलो समय प्रदेश सभा ख का प्रदेश सभा सदस्य समेत रहेका रौतहट क्षेत्र नं.२ ख जसपा नेपालका प्रदेश सभा सदस्य उम्मेदवार रामकिशोर यादव उर्फ किशोरी यादवको पक्षमा जनता ओर्लिन थालेका छन् ।

आफ्नो क्षेत्राधिकार भित्र आफूले गरेको विभिन्न बिकास निर्माणको कार्यहरु लगायत जनताको सुख दुःखमा गरेको सहयोगको मूल्यांकनबाट यहाँका जनताहरुले बहुमत सहित जिताउने मनिस्थती बनाइसकेका उम्मेदवार यादवके दाबी गरेका छन । साथै आफू जनताको अत्याधिक साथ र सहयोग पाइरहेकाले आफ्नो जित कसैले रोक्न नसक्ने नेता यादवले बताए ।

जनता आफनो साथ रहेकाले प्रदेश सांसदमा आफु विजयी प्राप्त गर्ने उम्मेदवार यादवले ठोकुवा गरेका छन् । जनमत आफनोे पक्षमा रहेको हुँदा आम मतदाताहरु निर्धक भएर जसपा उम्मेदवार यादवको चुनाव चिन्ह छाता छापमा मतदान गरी विजयी बनाउन जसपाका नेता कार्यकर्ताहरुले आग्रह गरेका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*