Breaking News
राैतहटमा माओवादीको निर्णयले एकैदिन ५ जना नेताहरूलाइ पार्टीबाट निष्कासित ।

राैतहटमा माओवादीको निर्णयले एकैदिन ५ जना नेताहरूलाइ पार्टीबाट निष्कासित ।

राैतहट । कार्तिक २३ गते

नेकपा माओवादी केन्द्रले रौतहटका दुई जना नेतालाई साधारण सदस्यबाट समेत निस्कासित गरेको छ ।
माओवादी केन्द्र मधेस प्रदेश कमिटीले एक प्रेस बिज्ञपति जारि गर्दै रौतहट क्षेत्र ३ मा यस अघि प्रतिनिधिसभाको उमेदवार बनाएको रबिन्द्र पटेल धिरज र प्रदेश कमिटी सदस्य बिन्देश्वर यादव लाई अनुशासनको कार्वाही गरि पार्टी को साधारण सदस्य समेत बाट निस्कासन गरेको छ
माओवादी मधेस प्रदेश ईन्चार्ज गणेश साहले उक्त बिज्ञपति जारि गर्दै पटेल र यादव लाई कार्वाही गरेको हो ।

संबिधानको रक्षा,स्थिरता,र समृद्धिको लागि गठबन्धनको नारा सहित अगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दलहरू बीच भएको सहमति अनुसार रौतहट क्षेत्र ३ को हकमा स्वतन्त्र उमेदवार प्रभु साहले प्रतिगमनकारी लाई परास्त गर्न खेलेको भुमिका लाई मध्यनजर गर्दै उनलाई सहयोग गरि चुनावमा जिताउन भुमिका खेल्नु पार्टीले अनुरोध गरेको थियो ।


सोको सट्टा पार्टीको निर्णय बिपरित अन्य स्वतन्त्र उमेदवारको प्रचार प्रसारमा संलग्नता देखिएकाले माओवादी पार्टीको आन्तरिक बिधान २०७८ धारा ७ , १६ को पार्टीको सिधाान्त ,कार्यक्रम, नीति प्रभावित भै धारा ९ एक ग बमोजिम प्रदेश कमिटी सदस्य बिन्देश्वर यादव र रबिन्द्र पटेल धिरज लाई हिजो २२ गते देखि नै लागु हुने गरि पार्टीको साधारण सदस्य समेत बाट निस्कासन गरिएको मधेस प्रदेश माओवादी ईन्चार्ज गणेश साह द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख रहेको छ ।


यता माओवादी केन्द्रका जिल्ला संयाेजक देवेन्द्र पटेल द्वारा हस्ताक्षरित विज्ञप्तिमा माओवादी केन्द्रको कटहरिया न.पा. अध्यक्ष नसरुदिन अन्सारी,मौलापुर न.पा.अध्यक्ष रामप्रबेश यादव र जिल्ला सदस्य प्रमोद यादवले केन्द्रको निर्णय लाई नमानेपछि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट कारबाही गरिएको उल्लेख छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*