आरएन पटेल । कार्तिक २३ गते
रौतहटको बौद्धिमाई नगरपालिका वडा नं-८ सरमुजवा स्वास्थ्य चौकीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

बौद्धिमाई नगरपालिका वडा नं.८ सरमुजवा स्वास्थ्य चौकीको आयोजनामा सम्पन्न कार्यक्रम प्रदेश नम्बर २ मा समावेशी लोकतन्त्रका लागि नागरिक सशक्तिकरणको प्रवर्द्धन तथा नागरिक सक्रियता परियोजनाको तहत बौधिमाई नगरपालिका वडा नम्बर ८ को स्वास्थ्यचौकी सरमुजवाबाट प्रवाह हुने सेवा विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम स्वास्थ्यचौकी सरमुजवाको सभा हलमा बुधबार सम्पन्न भएको हो।

नेपाल सरकार, european union, आसमान नेपाल तथा welt hunger hilfe को सहयोग एवं वातावरण तथा बाल विकास परिषद रौतहट ( ECDC ) को सहजीकरणमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको सभापतित्व बौधिमाई नपा वडा नम्बर ८ को वडा अध्यक्ष तथा स्वास्थ्यचौकी सरमुजवाका व्यवस्थापन समिति अध्यक्ष बिन्देश्वर राय यादव तथा प्रमुख अतिथि बौद्धिमाई नगरपालिकाको नगर उप प्रमुख प्रमिला जयसवालले गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्यचौकी ईन्चार्ज रामाशंकर दासले आफ्नो स्वास्थ्य संस्थाबाट दिएका विभिन्न सेवाहरु बारे प्रष्ट पारेका थिए । जसअन्तर्गत गत आर्थिक वर्षमा जन्मेदेखि नमरुन्जेल सम्मका सम्पूर्ण बालबालिका, युवा लगायत ज्येष्ठ नागरिकहरूलाई सेवा प्रदान गरिएको थियो । Vitamin A र Albendazole टेबलेट छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाहरुलाई प्रत्येक आर्थिक वर्षको बैशाख र कार्तिक महिनामा खुवाईएको बताउनु भयो । साथै लक्षित उमेर समुहका विभिन्न बालबालिकाहरुको लागि बालभिटा यस स्वास्थ्य चौकीबाट लाभ लिने लाभग्राहीहरुलाई वितरण गरिएको त्यस्तै परिवार नियोजनको अस्थायी साधनहरुमा डिपो सुई ,पिल्स चक्की र कण्डम वितरण यस आर्थिक वर्षमा गरेको वहाले बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोलदै बौद्धिमाई नगरपालिकाको नगर उप प्रमुख प्रमिला जयसवालले यस स्वास्थ्य चौकीबाट पाइने सेवा सम्बन्धमा स्थानियहरुले भोगीरहेका असुविधाहरु जस्तै :- निरन्तर बिधुत सेवाका लागि सोलार, ups, एम्बुलेंस सेवा जस्ता विभिन्न सामग्रीहरु आउदो नगर सभाबाट पारित गराउने प्रतिबद्धता गरेका छिन । साथै कार्यक्रममा ECDC प्रतिनिधि, नपाको स्वास्थ्य संयोजक तारकेश्वर , वडा नं. ९ सरमुजवाका वडा अध्यक्ष मुक्ति नारायण मिश्र, कार्यपालिका सदस्य सुनिल प्रसाद जयसवाल, वडा सचिव बाल्मीकि प्रसाद चंद्रबन्सी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, स्वास्थ्य चौकीका कर्मचारी सि अहेब कस्तुभमनी साह, नर्स,डाक्टर, कार्यालय सहयोगी, शिक्षक, विद्यार्थी, महिला, युवा लगायत सरमुजवाका स्थानिय सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।

Sthaniya News
