आरएन पटेल, पुस २४ गते ।
जिल्लाको दक्षिणी भेग भन्सार नाकाबाट भन्सार छलीका सर–सामान सहित रौतहट प्रहरीद्वारा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गौर नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी २१ वर्षीय राजन कुमार यादव र सोही ठाउँ वस्ने अन्दाजी २२ वर्षीय अनिल साह रहेका छन् ।

शनिबार प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिका वडा नम्बर ४ महुलीया टोल स्थितमा नेपाल भारत सिमाना सडकमा सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल महुलीया तर्फ पैदल आउदै गरेका यादव र साहलाई रोकी चेकजाँच गर्दा निजहरुको साथबाट अन्दाजी २ लाख ६२ हजार ५ सय ४७ बराबरको १५ थान मोबाईल बरामद गरी उनीहरुलाई समेत नियन्त्रणमा लिएको छ ।
त्यस्तै आइतबार बिहानको समयमा प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको परोहा नगरपालिका वडा नम्बर ७ र ८ बाट अन्दाजी मुल्य ७९ हजार २ सय बराबरको युरीया मल–५७ बोरा र चिनी १३५ किलो वेवारीसे अवस्थामा फेला पारेको समेत गरी जम्मा अन्दाजी मुल्य रु.३ लाख ४१ हजार ७ सय ४७ बराबरको सर–सामानहरु रित पूर्वक बरामद गरि अनिल साह र राजन कुमार समेतलाई आवश्यक कारवाहीको लागि आइतबार गौर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहट जनाएको छ ।
Sthaniya News
