Breaking News
सहयोगी मनका धनी मनोज कुमार चौधरीको दोस्रो पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न।

सहयोगी मनका धनी मनोज कुमार चौधरीको दोस्रो पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न।

आरएन पटेल, वैशाख २९ गते

सहयोगी मनका धनी मनोज कुमार चौधरीको दोस्रो पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । एक असल र सफल संचारकर्मी तथा मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाका लेखापाल गरुडा निवासी मनोज कुमार चौधरीको अल्पआयुमा भएको निधनप्रति उपस्थित उनका शुभचिन्तक तथा उहाँप्रति आश विश्वास राख्नेहरूले उनका दोस्रो पुण्यतिथिमा गरुडा स्थित मेथुर चौकमा दिप श्रेष्ठ प्रज्वलन गरि श्रद्धाञ्जली कार्यक्रम गरेका छन।

गरुडा नगरपलिकाको नगर उप प्रमुख तथा स्वर्गीय चौधरीको श्रीमती पुनम कुमारी चौधरी तथा उनका दाज्यू रामकृष्ण चौधरीले आयोजना गरेको दोस्रो पुण्यतिथिमा श्रद्धा सुमन कार्यक्रम आज वैशाख २९ गते साँझ ७ बजेको समयमा राखिएको थियो । २०३६ साल मंसिर २६ गते जन्म भएका स्व. चौधरीको आज भन्दा २ वर्ष अगाडि २०७८ वैशाख २९ गतेका दिन ४२ वर्षको उमेरमा अल्पायुमा स्वर्गारोहण भएको थियो । कोरोना कालमा देश संकटमा परेका बेला स्व. चौधरी पनि covid ले ग्रसित भई बिरगंज उपचारको क्रममा उनका निधन भएको थियो ।

गरुडाले आज एक कोमल हृदयका असल सामाजसेवी, सहयोगी मनका धनी व्यक्तित्व गुमाएको २ बर्ष पुग्यो । हुन त मृत्यु सबैको हुन्छ एकदिन तर उमेर पुगेको र नपुगि भएको मृत्युमा जिवनभर गहिरो चोट ताजा भएर मानसपटलमा घुमिरहन्छ । उहाँको आत्मालाई शान्ती मिलोस,स्वर्गमा बास होस। उनको योगदान,सहयोग र भुमिकालाई उच्च सम्मानका साथ कोटि कोटि नमन् गर्दै उपस्थित सबैले दीप प्रज्वलन गरि १ मिनेटको मौन धारण गरेर फोटोमा माल्यार्पण गर्दै उनको दोस्रो पुण्य तिथिमा आत्माको चिरशान्तिको कामना सहित श्रद्धाञ्जली अर्पण गरेका छन ।

कार्यक्रममा गरुडा नगरपालिकाको मेयर प्रत्यासी बृजकिशोर यादव, प्रत्यासी दीपक यादव, चन्द्रपुर नगरपालिकाको नगर उप प्रमुख, गुजरा नगरपालिकाको नगर उप प्रमुख, गरुडा नगरपालिकाको पूर्व नगर उप प्रमुख रंगीला देवी जयसवाल, मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाका प्रमुख प्रेमलाल साह, विद्यालयका शिक्षक – शिक्षिका, स्थानीय जनप्रनिधी, नेता कार्यकर्ता, भद्र भलादमी, बुद्धिजीवी वर्ग लगायत जिल्लाका पत्रकार, सञ्चारकर्मीहरुको उपस्थिति रहेका थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*