Breaking News
महोत्तरीको मंगलनाथ महादेव मन्दिर जाने बाटोमा कालोपत्रेको सिलान्यास ।

महोत्तरीको मंगलनाथ महादेव मन्दिर जाने बाटोमा कालोपत्रेको सिलान्यास ।

महोत्तरी समाचारदाता
महोत्तरी, असोज १९ गते ।
सोनमा गाउँपालिका ६ स्थित मंगलनाथ महादेव मन्दिरको बाटोमा शुक्रवार करिब ४८ लाखको लागतमा कालोपत्रे सडक निर्माणको सिलान्यास गरिएको छ।

सोनमा गाउँपालिकाको आर्थिक सहयोग तथा मा सोना सतीमहरानी कन्ट्रक्सन औरहीको ठेक्कामा निर्माण भइरहेको कालोपत्रे सडकको सिलान्यास गरिएको छ। ४७,६३,२९३.८९ रुपयाको लागतमा कालोपत्रे सडक निर्माण गर्न लागिएको कुरा अनुसुची १ बमोजिम तयार गरिएको होडिङ बोर्डमा उल्लेख गरिएको छ। २०८०/०४/०४ मा सम्झौता भइ २०८०/०९/३० मा भवन निर्माण सम्पन्न गरिने कुरा संस्थाका सम्पर्क व्यक्ती सतेन्द्र मिश्रले जानकारी दिएको छ।

मंगलनाथ मन्दिरको सडक कालोपत्रे भएपछी सोनमा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल मंगलनाथ मन्दिरमा आउने पर्यटक तथा दर्शनार्थीहरु लाइ सजिलो हुने तथा सर्लाही जिल्लाका करिब आधा दर्जन गाउँका मानिसहरुलाइ आवत जावत गर्न सजिलो हुने स्थानिय लालबाबु चौधरीको भनाइ रहेको छ।

निर्मान हुन लागेको कालोपत्रे सडकको सिलान्यास सोनमा गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले गर्नुभएका थिए। स्लान्यास कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष इन्द्रजित यादव, बिनोद यादव, राजाबाबु यादव, नागेन्द्र यादव, कैलाश यादव, कुन्जबिहारी यादव लगायतको उपस्थिती रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*