Breaking News
माधवनारायण नपाको आठौं नगर सभा तथा वार्षिक बजेट प्रस्तुती कार्य सम्पन्न ।

माधवनारायण नपाको आठौं नगर सभा तथा वार्षिक बजेट प्रस्तुती कार्य सम्पन्न ।

आरएन पटेल
रौतहट, असोज १९ गते ।
रौतहटको माधवनारायण नपाको आठौं नगर सभा तथा वार्षिक बजेट प्रस्तुती कार्य सम्पन्न भएको छ । जिल्लाको माधवनारायण नगरपालिकाले विभिन्न बाधा व्यवधानलाई विथोल्दै शुक्रवार आफ्नो आठौं नगर सभा अधिवेशन तथा बार्षिक बजेट सभ्य एवं भब्य रुपमा प्रस्तुत गरेको हो ।

नेपाल सरकारको नियम अनुसार नया आर्थिक वर्षको असार १० गतेमा आ. ब. २०८०/०८१ को निति कार्यक्रम ल्याउन नसकेको नगरपालिकाले राजनितिक दलका निर्वाचित जनप्रतिनिधिको असन्तुष्टिका कारण समयमा नगर सभा हुन गर्न नसकेको भएपनि विभिन्न बाधा व्यवधानलाई समाधान गर्दै आज बहुमतका साथ नगर सभा सम्पन्न गरेका छन ।

नगरपालिका अन्तर्गतमा १५ शैया प्राथमिक स्वास्थ्य केन्द्रको लागि जग्गा खरीद तथा व्यवस्थापन गरिने उल्लेख गरिएको छ । बेरोजगारी समस्या समाधान गर्नको लागि एक घर एक रोजगारको निति अवलम्बन गरिने लक्ष्य लिइएको छ। माधवनारायण नगरपालिकालाई सुन्दर, आकर्षक बनाउनुको साथै पूर्वाधार विकास तर्फ सड़क विस्तार, सड़क चौडीकरण अभियान संञ्चालन, नाला निर्माण, विधुतीकरण कार्यलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले बताएका छन ।

उक्त कार्यक्रममा नगर उप प्रमुख, लेखापाल रामबलम यादव, नगरपालिकाका कर्मचारीवर्ग, सम्पूर्ण वडाका वड़ा अध्यक्षहरु, सुरक्षाकर्मी, पत्रकार लगायत वड़ा सदस्य, कार्यपालिका सदस्यहरु सहित समाजसेवी बुद्धिजीवीवर्ग लगायत भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*