आरएन पटेल, असोज २१ गते ।
रौतहटको बौधिमाई नगरपालिकामा जसपाको ४१ सदस्यीय नगर कमिटि गठन कार्य सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. ७ बंकुल बजार स्थित सीता पार्टी प्यालेशको सभा हलमा जसपा नेपालको बौधिमाई नगर कमिटि गठन गरिएको हो ।
जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्य समितिको आयोजनामा बंकुल बजारमा आइतबार नगर स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम जिल्ला अध्यक्ष श्याम बिहारी राय यादवको अध्यक्षतामा सम्पन्न भई भेलाबाट हृदय नारायण राय यादवको अध्यक्षतामा जसपा नेपाल बौधिमाई नपाको उक्त ४१ सदस्यीय नगर कमिटि गठन गरिएको छ ।
नव गठित जसपाको बौधिमाई नगर कमिटिका अध्यक्ष हृदय नारायण राय यादव, उपाध्यक्ष मो. मोतिम हासमी, अखिलेश राय यादव, सचिव रामाकान्त कुमार पटेल, स सचिव मुन्ना कुमार साह, मुनिलाल प्रसाद कुशवाहा, कोषाध्यक्ष लखपतिया देवी, सदस्य मणिभूषण प्रसाद साह, बिहारी ठाकुर, जयशंकर यादव, श्यामबाबू मुखिया, कान्ति देवी महतो, अमिरखा प्रसाद जैसवार, रामबिश्वाश प्रसाद कुशवाहा, हरेन्द्र प्रसाद, बिगु मोलवी देवान, गजाधर प्रसाद यादव, श्री नारायण राय यादव, उमेश साह, बाल कुमार प्रसाद पटेल, चन्द्रिका ठाकुर, कपिलदेव दास, रमेश बैठा लगायत ४१ सदस्यीय नगर कमिटि गठन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जसपा नेपालको केन्द्रीय सदस्य तथा राजनीतिक समिति सदस्य एवं पूर्व प्रदेश सभा सदस्य रामकिशोर प्रसाद यादव, विशिष्ट अतिथि मधेश प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा सिचाईं राज्यमंत्री मो. अब्दुल कलाम आजाद उर्फ फूलबाबू, प्रदेश सभा सदस्य शोभा देवी साह, केन्द्रीय सल्लाहकार विश्वनाथ पटेल, अतिथि पूर्व कृषी राज्य मन्त्री योगेन्द्र राय यादव, बौधिमाई नगरपालिकाको पूर्व मेयर तथा प्रदेश सदस्य राजीव रंजन यादव, केन्द्रीय सदस्य चुल्हाई राय यादव, बिबेक कुमार यादव, गौर नपा मेयर प्रत्यासी किरण ठाकुर, प्रदेश सचिव पुनीत राम, जिल्ला सह इन्चार्ज राजकुमार दास, प्रदेश सदस्य मो. कलाम, सर्लाही जिल्ला इन्चार्ज रामअशीष राय यादव, पूर्व सांसद रम्भा देवी, केन्द्रीय परिषद सदस्य दिनेश यादव, जिल्ला सचिव जयराम महतो, जिल्ला सदस्य उपेन्द्र यादव, काशीराम पासवान, वडा नं. १ अजगैबीको वडा अध्यक्ष रामजोधी राउत कुर्मी, वडा नं. ७ बंकुलको वड़ा अध्यक्ष नरेन्द्र कुमार सिन्हा, समाजवादी युवा संघको रौतहट जिल्ला अध्यक्ष पुन प्रताप पटेल, विद्यार्थी यूनियनको सचिव ललन यादव, दलितको जिल्ला अध्यक्ष उदय राम लगायत पार्टीका नेतागण, स्थानीय प्रहरी प्रसाशन, सञ्चारकर्मी तथा नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।